पीडित परिजनलाई क्षतिपूर्ति दिन काङ्ग्रेस नेतृको माग

पीडित परिजनलाई क्षतिपूर्ति दिन काङ्ग्रेस नेतृको माग


नेपाली काङ्ग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले मुस्ताङको घिलिङमा टिपर पल्टिँदा घाइते भएकाहरूको उचित उपचार र घटनाको वास्तविक छानबिन गर्न माग गरेकी छिन् । मनिपाल शिक्षण अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्यस्थिति बुझ्दै नेतृ पाण्डले घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरिन् ।

काङ्ग्रेस नेतृ पाण्डेले मृतक परिवारजनलाई धैर्यधारण गर्न अनुरोध गर्दै उचित क्षतिपूर्तिका लागि नेपाली काङ्ग्रेस प्रयासरत रहेको जानकारी दिइन् । जोमसोमदेखि घाइतेलाई पोखरासम्म ल्याउने कार्यमा खटिएका नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीका साथै विभिन्न सामाजिक संघ–संस्थाप्रति उनले आभार प्रकट गरिन् । मुस्ताङको घिलिङमा भएको टिपर दुर्घटनामा परि २० जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १२ जना घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।