नेपाल–तिब्बत व्यापार समितिको बैठक : केरुङ र तातोपानी नाका खोल्ने एजेण्डा

नेपाल–तिब्बत व्यापार समितिको बैठक : केरुङ र तातोपानी नाका खोल्ने एजेण्डा


काठमाडौंमा नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक सुरु भएको छ । केरुङ र तातोपानी नाका खुलाउन आवश्यक तयारीका लागि मूल एजेन्डासहित ८ औँ नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको बैठक सुरु गरिएको हो ।

आगामी कात्तिकभित्र तातोपानी नाका खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने विषय बैठकमा मुख्य एजेण्डा बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए ।

‘दुई दिनसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई सहज बनाउने विषयमा पनि छलफल केन्द्रित हुनेछ ।’ उनले भने, ‘केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना पनि तय हुनेछ ।