महुलीमा माछापुच्छ्रे बैंकको शाखा

महुलीमा माछापुच्छ्रे बैंकको शाखा


राजविराज । सप्तरीको अग्नीसाइर कृष्णा सोवरन गाउँपालिका वडा नम्वर ६ स्थित महुली बजारमा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा सञ्चालनमा आएको छ । गाउँपालिकामा प्रथम क वर्गको इजाजतपत्र प्राप्त बैंकको अग्नीसाइर कृष्णा सोवरन गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले मगंलबार एक कार्यक्रमका बीच शाखा उद्घाटन गरे ।

माछापुच्छ्रे बैंक लिमिटेडका पुर्वअध्यक्ष एवम पुर्वसांसद वीरेन्द्रप्रसाद महतोको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायव कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश नम्बर २ का बैंक प्रमुख लिलाराज थापा, अग्नीसाइर कृष्णा सोवरन गाउँपालिका वडा नम्वर १ का वडाअध्यक्ष सुशील चौधरी लगायतका स्थानीय वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

बैंकले ज्येष्ठ नागरिक सम्मान, बालबालिका, यूवा, पेवा, रेमिट्यान्स बचत खाता तथा उच्च शिक्षा निपेक्ष योजना, तलव व्यावस्थापन खाता लगायतका स्मार्ट बैंकिङ्ग सुविधा प्रदान गरिने महुली शाखाका प्रबन्धक सुदिप महतोले जानकारी दिए ।

हेमशंकर सिंह