साताको दोस्रो दिन पनि नेप्से ओरालो

साताको दोस्रो दिन पनि नेप्से ओरालो


निरन्तर घट्दै आएको शेयर बजार आज सोमबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले ओरालो लागेको छ ।

आज कुल १५९ कम्पनीको छ लाख ७२ हजार १०३ कित्ता शेयर रु. २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ ।

स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ । होटेल २.२३ र विकास बैंक उपसमूह ३.७५ बिन्दुले बढेको हो । बैंकिङ ५.३४, जलविद्युत् १३.५९, फाइनान्स ३.०४, बिमा २१.४४, उत्पादन ०.१३, अन्य १.२१ र माइक्रोफाइनान्स ५.२४ बिन्दुले घटेको छ ।