बिन्दुको ‘आँखी गाजल’ बजारमा

बिन्दुको ‘आँखी गाजल’ बजारमा


राजन घिमिरे

नेपाली गीतसंगितको क्षेत्रमा उदीयमान प्रतिभाको रूपमा स्थापित गायिका बिन्दु पौडेलको तीजगीत ‘आँखी गाजल’को म्युजिक भिडियो बजारमा आएको छ। नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको सो गीतमा बिन्दु पौडेलको स्वर र शिव हमालको लय तथा शब्द रहेको छ।

यसअघि बल्ल पर्यौ फेला, तिमी मेरो मुटु हौ, तीजमा छम छम नाच मायालु, सोह्र र सत्रकी, तिम्रो र मेरो जोडी मिल्छ रे… लगायतका गीतमा स्वर दिइसकेकी गायिका बिन्दुले सात वर्षको अन्तरालपछि यो गीत बजारमा ल्याएकी हुन्।

नेपालमा रहँदा दर्जनौ म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गरेका निर्देशक विजय थापाले यस गीतको म्युजिक भिडियोको निर्देशन गरेका छन्।

मायालु इन्टरनेशनल प्रालिले बजारमा ल्याएको सो म्युजिक भिडियोमा अंकित केसीको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ।

पछिल्लोपटक बजारमा नयाँ तीज गीतहरू आइरहेको सन्दर्भमा आँखी गाजलु बोलको गीत दर्शकमाझ लोकप्रिय हुनेमा शंका नभएको मायालु इन्टरनेशनल प्रालिका निर्देशक बिष्णु सापकोटाले बताए ।

अस्ट्रेलियाको सिड्स्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा छायांकन गरिएको यस गीतको मेन क्यारेक्टरको रुपमा प्रतिमा थापा बस्नेतले अभिनय गरेकी छन् ।