ज्योति बैंकको नयाँ शाखा गल्छीमा

ज्योति बैंकको नयाँ शाखा गल्छीमा


ज्योति विकास बैंकले धादिङको गल्छी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । गल्छी गाउँपालिका–७ गल्छीबजारमा रहेको उक्त शाखाको औपचारिक तवरले गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले गल्छीमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकको प्रगतिको कामना गरे । साथै बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले आधुनिक बैकिङ सेवा देशैभरी विस्तार गर्ने क्रममा रहेको र व्यवसायिक दृष्टिकोणले भविष्य बोकेको गल्छीमा शाखा ल्याएको जानकारी दिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघु कर्जादेखि ठुला औधोगिक कर्जा प्रवाह गरिने उल्लेख गर्दै ज्योति विकास बैंकको सेवा लिन सबैलाई अनुरोध गरे ।

हाल सो बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्पmत सेवा उपलब्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षभित्र थप तीनवटा नयाँ शाखा एवम् चार ूथानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।