जंगलीहात्तीको आक्रमणबाट सुनसरीमा भुनियादेवीको मृत्यु

जंगलीहात्तीको आक्रमणबाट सुनसरीमा भुनियादेवीको मृत्यु


सुनसरीको बराह नगरपालिकामा जंगलीहात्तीको आक्रमणबाट एक महिलाको सोमबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा बराह नगरपालिका–९ का सत्यनारायण चौधरीकी ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगलीहात्तीले भँैसीको गोठमा बसिरहेकी चौधरीलाई आइतबार राति आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

रासस