प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे राष्ट्रपतिसमक्ष जानकारी

प्रधानमन्त्रीद्वारा चीन भ्रमणबारे राष्ट्रपतिसमक्ष जानकारी


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर मित्रराष्ट्र चीनको आफ्नो ६ दिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन जानुभएकोमा भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता हुनुभएको हो ।
तस्बिर रासस