जापानले २–२ मा रोक्यो सेनेगललाई

जापानले २–२ मा रोक्यो सेनेगललाई


रुसमा आयोजना भइरहेको फिफा विश्वकपमा आइतबार भएको दोस्रो प्रतियोगितामा जापानले सेनेगललाई २–२ गोलका साथ रोकिदिएको छ । पहिलो हापमा दुवै टिमले एक–एक गोल गरेका थिए भने दोस्रो हापमा पुनः दुवैले एक–एक गोल जोडेका हुन् ।

दुवै टिमबीच म्याच ड्र भएसँगै दुवैलाई चार–चार अङ्क हासिल भएको छ । जापान र सेनेगलको नजर अब हुने पोल्याण्ड र कोलम्वियाको म्याचमाथि अडिएको छ । अब यी दुवैले आगामी प्रतिष्पर्धामा आफ्नो जित निकालेर नकआउटमा आफ्नो लागि स्थान बनाउन मेहेनत गर्नेछन् ।

कोलम्बियाविरुद्धको प्रतियोगितामा उसको कप्तान कार्लोस सांचेज मैदानबाहिर भइदिनाले जापानलाई लाभ पुगेको थियो । आजको जितपछि जापानी टिम एशियाकै पहिलो टिम बन्न पुगेको छ जसले विश्वकप प्रतियोगितामा कुनै दक्षिण अमेरिकी टिमलाई पराजित तुल्याउन सफल भएको होस् ।