यौन शोषणको अभियोगमा ‘चिन्तन’ कारागार चलान

यौन शोषणको अभियोगमा ‘चिन्तन’ कारागार चलान


यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका रुकुम जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत रुकुम (पश्चिम)का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेललाई उद्धृत गर्दै राससले जनाएको छ ।

चिन्तन उपनामले समेत चिनिने विक त्रिवेणी गाउँपालिकाकी एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए । आफूलाई जबर्जस्ती करणी गरेको भनी ती युवतीले प्रहरीमा उजुरी दर्ता गरेपछि विकलाई गत जेठ २२ गते प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो ।