दुर्लभ रेडपाण्डाको छालासहित तीनजना समातिए

दुर्लभ रेडपाण्डाको छालासहित तीनजना समातिए


दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित आइतबार नेपाल प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

बौद्धस्थित कैलाश गेस्टहाउसनजिक रेडपाण्डाको छाला लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले सोलुखुम्बुका आङदावा शेर्पा, लाक्पा शेर्पा र आङचिन्डु शेर्पालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरीको विशेष टोलीले सूचनाका आधारमा जाँच गर्दा रेडपाण्डाको छाला एक थान र बा.५८प १३७८ नं. को मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धानपश्चात् कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।