जर्मनीको अप्रत्यासित विजयसँगै आशा जीवितै

जर्मनीको अप्रत्यासित विजयसँगै आशा जीवितै


लिग चरणको पहिलो खेलमा मेक्सिकोसँग पराजित भएर दबाबमा परेको डिफेन्डिङ च्याम्पियन जर्मनी दोस्रो खेलमा विजयी भएको छ । स्वीडेनसँग भएको दोस्रो खेलमा जर्मनी २–१ ले विजय बनेको हो । निर्धारित समयसम्म १–१ को बराबरीमा रहेको जर्मनीले इन्जुरी समयमा विजयी गोल गरेको थियो । यो विजयसँगै जर्मनीले पहिलो विजय हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुल्दै अन्तिम १६ मा पुग्ने आशालाई जीवितै राखेको छ ।

खेलको शुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको जर्मनीले स्वीडेनमाथि लगातार आक्रमण गरे पनि विश्वका नम्बर एक गोलकिपर मेनुअल नायरले विफल पारिदिएका थिए । परिणाम ३२औँ मिनेटमा स्वीडेनले पाएको अवसरलाई सदुपयोग गर्दै खेलमा पहिलो गोल गर्र्दै १–० को अग्रता लिएको थियो । उक्त गोल ओला तोइबोनेनले गरेका थिए ।

खेलको दोस्रो हाफमा पनि जर्मनीले आक्रामक शैलीलाई नै कायम राखेको थियो । परिणाम खेल शुभारम्भ भएको तेस्रो मिनेट अर्थात् ४८औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएको थियो । उक्त गोल मिडफिल्डर मार्को रेउसले गरेका थिए । यसपछि राहतको सास फेरेको जर्मनीले निर्धारित ९० मिनेटसम्म कुनै गोल गर्न सकेन, अर्थात् दुवै टिम १–१ को बराबरीमा थिए ।

तर, खेलको इन्जुरी समय अर्थात् ९५औँ मिनेटमा जर्मनी अकल्पनीय गोल गर्दै स्वीडेनलाई २–१ ले पराजित गरेको थियो । उक्त गोल मिडफिल्डर टोनी क्रुसले गरेका थिए । यही अप्रत्यासित भएको गोलका कारण जर्मनीको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै रहेको छ ।