स्वीट्जरल्याण्डद्वारा सर्वियाको सपना चकनाचुर

स्वीट्जरल्याण्डद्वारा सर्वियाको सपना चकनाचुर


फिफा विश्वकप फुटबल समुह ‘इ’अन्तर्गत भएको दोश्रो चरणको खेलमा स्वीटजरल्याण्डले सर्वियालाई २–१ को अन्तरले पराजित गरेको छ । विजयसँगै महत्वपूर्ण ३ अंक बटुल्दै स्वीटजरल्याण्डले आफ्नो समुहमा ब्राजिलसंगै ४ अंक बनाएको छ । लिग चरणको पहिलो खेलमा स्वीटजरल्याण्डले ब्राजिलसंग बरावरी खेलेको थियो । यदि यो खेलमा सर्विया विजयी बनेको भए अन्तिम १६ मा पुग्न सफल हुन्थो ।

पहिलो हापमा उत्कृष्ट प्रदर्शन गरेपनि स्वीटजरल्याण्ड गोल गर्न असफल भएको थियो । पाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा स्वीटजरल्याण्डले पहिलो हाफमा १–०ले पछि परेको थियो । खेल शुरु भएको ५ मिनेटमै सर्वियाले गोल गरेर अग्रता लिएको थियो । सर्वियाको लागि दुसान टेडिकले गोल गरेका थिए ।

तर दोश्रो हापमा निकै आक्रामक रुपमा प्रस्तुत भएको स्वीटजरल्याण्डले ५२ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो ।

उक्त गोल मिडफिल्डर ग्रानिट शाकाले गरेका थिए । निर्धारित समयको अन्तिम मिनेटमा शकीरीले पाएको अवसरलाई सदुपयोग गर्दै विजयी गोल गरेका थिए । यो विजयसंगै स्वीट्जरलाण्डले अन्तिम १६ मा पुग्ने आफ्नो विश्वासलाई बलियो बनाएको छ ।