नाइजेरियाको उत्कृष्ट प्रदर्शनमा मूसाको कमाल

नाइजेरियाको उत्कृष्ट प्रदर्शनमा मूसाको कमाल


समुह ‘डी’ अन्तर्गत नाइजेरिया र आइसल्याण्ड बीच भएको सनसनीपूर्ण खेलमा नाईजेरिया विजयी भएको छ । स्टार स्ट्राइकर अहमद मूसाले २ गोल गर्दै नाईजेरियालाई विजयी बनाएका हुन् । नाइजेरियाको विजयसंगै समुह ‘डि’ निकै रोचक बन्न पुगेको छ । अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरिया जुनसुकैले पनि अन्तिम १६ मा पुग्ने आशालाई जिवित राखेका छन् । यो समुहबाट क्रोएसिया दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ ।

नाइजेरिया र आइसल्याण्डका लागि निकै महत्वपूर्ण मानिएको खेलमा नाईजेरियाले आफ्नो नाम अनुसारको प्रदर्शन गरेको थियो । पहिलो र दोश्रो हापमा आइसल्याण्डमाथि दबदबा बनाएको नाइजेरियाले पहिलो गोल ४९ औं मिनेटमा गरेर अग्रता लिएको थियो । उक्त गोल मूसाले गरेका थिए । त्यसपछि अझ आक्रमक रुपमा प्रस्तुत भएको नाईजेरियाले दोश्रो गोल ७५ औं मिनेटमा गरेको थियो । यो गोल पनि मूसाले गरेका थिए । मूसालाई यो खेलमा ह्याट्रिक गर्ने अवसर मिले पनि गोलपोस्टको पोल उनको लागि भिलेन बनेको थियो ।

आइसल्याण्डले अर्जेन्टिनासागको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि नाईजेरियासंग निरह सावित भएको थियो । २ गोल खाएर दबाब रहेको आईसल्याण्डले पाएको महत्वपूर्ण पेनाल्टी समेत मिस गरेको थियो । यसरी समग्रमा नाईजेरियाको दबदबा रहेको यो खेलको अन्तिम परिणाम नाइजेरियाको पक्षमा गएको थियो ।