ब्राजिलको अन्तिम १६ मा पुग्ने आशा जीवितै

ब्राजिलको अन्तिम १६ मा पुग्ने आशा जीवितै


फिफा विश्वकप समुह ‘ई’ अन्तर्गतको दोश्रो खेल ब्राजिल र कोस्टारिकाबीच भएको थियो । ब्राजिलको लागि निकै महत्वपूर्ण मानिएको खेलमा ब्राजिल ‘इन्जुरी टाइम’मा २ गोल गरेर अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । त्यस्तै यो पराजयसँगै कोस्टारिका विश्वकपबाट बाहिरिएको छ ।

ब्राजिलको तर्फबाट ९१औं मिनेटमा फिलिट कोटिन्हो र इन्जुरी टाइममा स्टार खेलाडी नेमारले गोल गरेका थिए । नेमारको यो विश्वकपमा पहिलो गोल हो । ब्राजिल विश्व च्याम्पियनको जसरी मैदानमा उत्रिएपनि गोल गर्न असफल भएको थियो । यसै विच २६औं मिनेटमा ब्राजिलले गोल गर्न सफल भए पनि त्यसलाई अफसाइड दिइएको थियो ।

पहिलो हापको खेलमा दबदबा बनाएको ब्राजिलले दोश्रो हापमा पनि कोस्टारिकालाई दबाबमा राखेको थियो । कोस्टारिकाको बलियो डिफेन्ड ब्राजिलको लागि पर्खाल बनेको थियो । यस्तो अवस्थामा गर कि मरको रहेको ब्राजिलले आक्रमण खेलको प्रस्ुतत गर्दै अन्तिम समयमा २ गोल गर्दै विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई कायम राखेको थियो । अब सर्वियासँगको तेश्रो खेलको नतिजापछि ब्राजिल दोश्रो चरणमा प्रबेश गर्ने नगर्ने निर्णय गर्नेछ ।