ठमेलमा भोलि बिजुली नआउने

ठमेलमा भोलि बिजुली नआउने


नेपाल विद्युत प्राधिकरणले भोलि शनिबार नेपालको पर्यटकीय बजार काठमाडौंको ठमेलमा विद्युत आपूर्ति बन्द हुने बताएको छ ।

प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरका लाइन मर्मतका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

ठमेलसँगै त्यस फिडरबाट विद्युत आपूर्ति भइरहेका लैनचौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तीसार क्षेत्रमा पनि शनिबार विद्युत आपूर्ति बन्द हुनेछ ।

भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने अन्य क्षेत्रमा नक्साल नारायणचौर, प्रहरी हेडक्वार्टर, भूँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटलअगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थान पनि रहेका प्राधिकरणले जनाएको छ ।

पर्यटकीय क्षेत्रमा विद्युत आपूर्ति बन्द हुँदा त्यसबाट पर्ने असरप्रति प्राधिकरणले क्षमा मागेको छ ।

रासस