कृषिमा परनिर्भरता उच्च बिन्दुमा : उपराष्ट्रपति पुन

कृषिमा परनिर्भरता उच्च बिन्दुमा : उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन् ।

नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताए ।

कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताइन् । संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने राज्यमन्त्री चौधरीले बताइन् ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि गर्ने सरकारको योजना छ । नेपालले सरदर धान ५२ लाख, मकै २१ लाख तथा गहुँ नौ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ ।

नेपालले अहिले प्रतिमहिना ५० करोड रुपैयाँभन्दा बढीका विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ ।