महासचिव पौडेल भन्छन्– चीन भ्रमण उत्साहजनक

महासचिव पौडेल भन्छन्– चीन भ्रमण उत्साहजनक


बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि आज बुटवल आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले भने, ‘अब ढिलोमा सात वर्षमा काठमाडौंमा रेलमार्ग सञ्चालन हुन्छ ।’

महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा सो अवसरमा व्यक्त गरे ।

‘दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरूले ठाउँ खोजिरहेका छन्,’ महासचिव पौडेलले भने ।

मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै उनले यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुने बताए ।