डेनमार्कसँगको बराबरीसँगै अष्ट्रेलियाको आशा पलायो

डेनमार्कसँगको बराबरीसँगै अष्ट्रेलियाको आशा पलायो


ग्रुप ‘सी’अन्तर्गत डेनमार्क र अष्ट्रेलियाबीच भएको दोश्रो खेल बराबरीमा टुङ्गिएको छ । खेलमा दबदबा बनाउँदै डेनमार्क खेल शुरु भएको सातौं मिनेटमै गोल गरेर अग्रता लिएको थियो । डेनमार्कको तर्फबाट क्रिस्टियन एरिक्सनले गोल गरेका थिए । डेनमार्कको लागि खेलेको २०औं म्याचमा एरिक्सनको यो १७औं गोल हो ।

पहिलो हापको ३४औं मिनेटमा अष्ट्रेलियाले चौथो कर्नर प्राप्त गरेको थियो । उक्त कर्नर किकलाई अष्टे«लियाका खेलाडीले गोलमा परिणत गर्न खोज्दा डेनमार्कका युसुफ युरेरीले डी बक्समा धक्का दिएपछि अष्ट्रेलियाले पेनाल्टी कर्नर पाएको थियो । उक्त पेनाल्टी कर्नरको सदुपयोग गर्दै अष्ट्रेलियाका कप्तान मिले जेडिनाकले गोल गरेका थिए । यो पेनाल्टी गोलसँगै डेनमार्कसँग अष्ट्रेलियाले १–१ को बराबरी गर्दै खेलमा फर्किएको थियो ।

यसपछि दुवै टीमले गोल गर्ने अथक प्रयास गरे पनि असफल भएका थिए । दोश्रो हाप दुवै टीमले आक्रमण शैलीमा प्रस्तुत भए पनि डिफेन्सलाई पनि त्यत्तिकै बलियो पारेका थिए । परिणाम खेल बराबरीमा सकिएको थियो । दुवै टीमले १–१ अंक बाँडेका थिए ।

यो बराबरीसँग डेनमार्कको दुई खेलमा चार अंक भएको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई पराजित गरेको थियो । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोश्रो खेलमा १ अंक बटुलिएको छ । यदि तेश्रो खेलमा अष्ट्रेलियाले पेरुलाई पराजित गर्न सके अन्तिम १६ मा पुग्ने सम्भावना जिविदै राखेको छ ।