रोमाञ्चक प्रतिस्पर्धामा स्पेन विजयी

रोमाञ्चक प्रतिस्पर्धामा स्पेन विजयी


फिफा विश्कपको २१औँ संस्करणमा स्पेनले दोस्रो खेलमा विजय प्राप्त गरेको छ । पहिलो खेलमा पोर्चुगलसँग बराबरी गरेर दबाबमा परेको स्पेन यो खेलमा महत्वपूर्ण ३ अंकसमेत बटुल्न सफल भएको छ । यो विजयसँगै पोर्चुगल र स्पेनको समान चार–चार अंक भएको छ । इरानको यो समूहमा ३ अंक छ ।

स्पेन र साउदी अरेबियाबीचको पहिलो हाफ निकै रोमाञ्चक रहेको थियो । गोलमाथि गोल गर्ने रणनीतिका साथ अगाडि बढेको स्पेनको सबै प्रयासलाई साउदीले असफल पारेको थियो । यो खेलमा साउदीको डिफेन्सले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो हाफको २५औँ मिनेटमा स्पेनले गरेको फ्री किक प्रहार निकै उत्कृष्ट थियो । त्यसको ५ मिनेटपछि फेरि स्पेनले साउदीको डी बक्समा गरेको आक्रमण र साइक्लिङ किक आफैँमा सुन्दर थियो ।

दोस्रो हाफमा पनि साउदीको डिफेन्सले निकै राम्रो प्रदर्शन गर्दै ६०औँ मिनेटसम्म गोल गर्न दिएको थिएन । तर, ६१औँ मिनेटमा स्ट्राइकर डिएगो कोस्टाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए । यसपछि इरानले गोल फर्काउने अथक प्रयास गरे पनि असफल भएको थियो । परिणाम स्पेनका लागि कोस्टाले गरेको एक मात्र गोल निर्णायक गोल साबित भएको थियो ।