साउदीलाई पराजित गर्दै उरुग्वे अन्तिम १६ मा

साउदीलाई पराजित गर्दै उरुग्वे अन्तिम १६ मा


फिफा विश्वकप फुटबल समूह ‘बी’ अन्तर्गत भएको लिग चरणको दोस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले एसियाली राष्ट्र साउदी अरेबियालाई १–० ले पराजित गरेको छ । आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलेका उरुग्वेका स्टार स्ट्राइकर सुआरेजले उक्त गोल गरेका थिए । विश्वकपमा सुआरेजको यो छैटौँ गोल हो । यो गोलसँगै सुआरेज विश्वकपमा उरुग्वेको तर्फबाट सबैभन्दा गोल गर्ने तेस्रो खेलाडी बनेका छन् ।

यो जितसँगै उरुग्वे अन्तिम १६ मा पुगेको छ भने साउदी अरेबिया विश्वकपबाट बाहिरिएको छ । उरुग्वेले लिग चरणको पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गरेको छ । सन् १९५४ पछि उरुग्वेले पहिलोपटक लगातार दुई खेल जितेको हो । आफ्नो समूहमा २ खेल जित्दै आयोजक रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका हुन् ।

पहिलो हाफमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । २२ मिनेटसम्म घम्साघम्सी चले पनि २३औँ मिनेटमा उरुग्वेले कर्नर पाएको थियो । सोही कर्नरको सदुपयोग गर्दै उरुग्वेका खेलाडी सुआरेजले गोल गरेका थिए । पछि यही गोल निर्णायक गोल बनेको थियो । यो खेलमा महत्ववूर्ण ३ अंक जित्दै उरुग्वे अन्तिम १६ मा पुगेको हो । दोस्रो हाफमा दुवै टिमलाई गोल गर्ने थुप्रै अवसर प्राप्त भए पनि गोलरहित बनेको थियो ।