नाराको टोली चीन जाँदै

नाराको टोली चीन जाँदै


गिता राना मगर, पोखरा

चीनको जीउयान गुलिन शहरको ग्वाङ्जी जुुवाङमा हुने इन्टरनेश्नल ऱ्याफ्टिङ इलाइट च्यालेन्जमा सहभागिताका लागि नेपाल एशोसियसन अफ ऱ्याफ्टिङ एजेन्सीज (नारा) को टोली चीन जाने भएको छ । चिनको जीउयान गुलिनको ग्वान्जी झुवाङ स्थित औपाइ नदीमा आगामी २७ जुनदेखि जुलाइ १ सम्म हुने इन्टरनेश्नल ऱ्याफ्टिङ इलाइट च्यालेन्जमा सहभागी हुन नाराको टोली आगामी शनिबार चीन जाने भएको हो ।

नाराका अध्यक्ष निमबहादुर मगरको संयोजकत्वमा सुनिल गुरुङ क्याप्टेन रहने गरी लिलबहादुर गुरुङ, जीवन मगर, प्रदिप मगर र शिव अधिकारी चीन जाने भएका हुन् । प्रतियोगितामा १६ राष्ट्रका २० टीमले सहभागीता जनाउने र खुल्ला महिला र खुल्ला पुरुष गरी दुइ विद्यामा प्रतियोगिता सञ्चालन हुने नाराका अध्यक्ष निमबहादुर मगरले जानकारी दिए । ऱ्याफ्टिङ प्रतियोगितासँगै वर्लङ ऱ्याफ्टिङ कंग्रेस सम्मेलन र स्ट्याण्ड अप प्याडलका कार्यक्रममा समेत नेपाली टोलीले सहभागिता जनाउने छ ।

प्रतियोगिताको उपाधी जित्नेले २५ लाख ५ हजार प्राप्त गर्नेछन् । यसअघि अघिल्लो पटक चीनको ल्हासामा चाइना तिब्बत माउण्टेरिङ एशोसियसन र चाइना तिब्बत वाटर स्पोर्टस ब्युरोले आयोजना गरेको नेपाल चाइना फ्रष्ट फ्रेण्डशिप ऱ्याफ्टिङ च्याम्पियनसीप २०१७ नेपालले कायकमा पहिलो र ऱ्याफ्टिङमा दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।