कम्युनिष्टहरु साम्यवाद होइन सामाजिक फासिवादको बाटोमा

कम्युनिष्टहरु साम्यवाद होइन सामाजिक फासिवादको बाटोमा


रामचन्द्र पौडेल

अहिले एमाले र माओवादी मिलेर एउटा कम्युनिष्ट पार्टी बनेको छ । उनीहरुले कम्युनिष्ट पार्टी स्थापना भएको छ । उनीहरुले कम्युनिजम ल्याउने भनेका छन् । मलाई कम्युनिजम हेर्न मन छ । माक्सवार्द वा कम्युनिजम भनेको वर्गविहीन समाज हो तर नेपालका कम्युनिजम शासनमा वर्गविहीन समाज बनाउँछन् कि पक्षपाती समाज जन्माउछन् भन्ने मलाई हेर्न मन छ । आज कम्युनिजम ल्याउँछु भन्ने कम्युनिष्टहरु वर्गविहीन समाज होइन, पक्षपाती समाज बन्दैछ ।

प्रशासनलाई पार्टीप्रति कमिटमेन्ट गराउन लागेका छन् । न्यायपालिकालाई धम्क्याइएको छ । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायधीशलाई कसरी अवकाश दिइयो । अहिले कसरी न्यायपालिकालाई धम्की दिइँदैछ । अख्तियारलाई संवैधानिक अंगहरुलाई दुईतिहाईको दुहाई दिएर धम्क्याएर राखिएको छ । सवै संवैधानिक निकायका पदाधिकारीलाई तेजोबोध गर्न लागिएको छ । स्वतन्त्र निकायलाई पंगु बनाउन लागिएको छ । हुँदाहुँदा संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई कम्युनिष्टहरुले सहयोगी दल, कांग्रेस भन्ने पार्टी नै छैनन् भन्न थालेका छन् । अहिलेका दुई वटा कम्युनिष्ट पार्टीका दुई वटा अध्यक्षहरु ।

प्रशासनलाई पार्टीप्रति कमिटमेन्ट गराउन लागेका छन् । न्यायपालिकालाई धम्क्याइएको छ । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायधीशलाई कसरी अवकाश दिइयो । अहिले कसरी न्यायपालिकालाई धम्की दिइँदैछ । अख्तियारलाई संवैधानिक अंगहरुलाई दुईतिहाईको दुहाई दिएर धम्क्याएर राखिएको छ । सवै संवैधानिक निकायका पदाधिकारीलाई तेजोबोध गर्न लागिएको छ ।

कुनै पार्टीमा पार्टी एउटा अध्यक्ष दुईवटा भन्ने हुन्छ । तर अहिलेको नयाँ पार्टीमा दुईवाट अध्यक्ष छन् । टाउका दुईबाट पेट एउटा भएको चराको कथा जस्तै । टाउका दुइवटा तर पेट एउटा भएको चराको एउटा टाउको अमृत फल भेटेछ । अनि अर्को टाउकोलाई नदिई अमृत फल एउटा टाउकोले मात्र खाएछ । तर अर्को नपाउने टाउकोलाई रिस उठेछ । फेरि अर्को टाउकोले विषफल भेटेछ । ‘ए म तलाई छोड्छु ?’ भनेर अर्को टाउकोले विष फल खाएछ । अनि त्यो दुई टाउका भएको चरा मरेछ ।

यस्तै दुई टाउका हुने चराले जस्तै अमृत फल भेटेपछि के हुन्छ त्यो जानकारी हुन्छ । कम्युनिष्टहरुमा विश्वास छैन । अविश्वासका बीचमा एकता भएको हो । प्रचण्डले अहिले पार्टी एकताका लागि ४० प्रतिशत पु¥याएका छन् । त्यो ४० प्रतिशत पु¥याएपछि मात्र एकता भयो । त्यो केका लागि हो । सत्तामा चित्त नबुझेको बेलामा फेरि के गर्नका लागि हो । त्यो सबैले बुझेका छन् ।

कम्युनिष्टहरुका लागि लोकतन्त्रप्रति पनि अविश्वास छ । उनीहरुलाई यो लोकतन्त्रप्रति प्रतिवद्ध संविधान प्रति डाह भएको छ । त्यसैले उनीहरु संविधानप्रति प्रश्न उठाउन थालेका छन् । यो संविधानमाथि प्रश्न उठाएर मुलकलाई फेरि अस्थीर बनाउने अभियानमा अहिलेका कम्युनिष्ट नेताहरु छन् ।

अहिले रातो झण्डाको ओढेर सबै खत माफ गराउने अभियान पनि सुरु भएको छ । यस्तै सबै अपराध रातो झण्डा ओढेर माफ गराउनका लागि मरिहत्ते गरेर दुई तिहाई जुटाउन लागेका हुन् । अहिले दुई तिहाई पु¥याएर साम्यावाद होइन सामाजिक फासिवादतर्फ मुलुकलाई लैजान प्रयास भएको छ । साम्यवाद ल्याउने त अहिलेका कम्युनिष्टहरुसँग नैतिकता पनि छैन हिम्मत पनि छैन।

मुलुकलाई कता लगिँदैछ । नेपाली कांग्रेसका चुनौती के के छन् । यो सबै विषयमा कांग्रेसका सबै जिल्ला सभापतिहरु जानकार हुनुहुन्छ । कांग्रेसको संगठनको बारेमा पनि सभापतिहरुलाई जानकारी छ । समस्या कहाँनेर छ । अनि किला कहाँ बिझेको छ । तपाईंहरु जानकार हुनुहुन्छ । नेपाली कांग्रेसमा अहिले एकता एकता किन भनिँदैछ ? त्यो बारेमा पनि तपाई सभापतिहरु जानकार हुनुहुन्छ । पार्टीको बैमनस्यता छ र न ‘एकता-एकता’ भनिएको छ ।

खासगरि यो भेलाको मुख्य एजेण्डा नै पार्टी एकता हुने देखिएको छ । पार्टी एकता हुनुपर्छ भन्नेमा कसैको दुई मत छैन। पार्टी एकताका लागि पार्टीमा अन्यायको अन्त्य हुनुपर्यो, पारदर्शीता हुनुपर्यो । एकता हात उठाएर होइन पार्टीमा केहि गरौँगरौँ भन्ने भावनाको जागृत गराउनुपर्यो पार्टीका कार्यकर्ताहरुमा । पार्टी एकताका आधार के हुन् ? पार्टी एकताको सुत्र के हो रु पार्टीका जिल्ला सभापतिहरु जानकार हुनुहुन्छ । उहाँले पार्टी एकताको सुत्र र आधार के हुन यो भेलामा सभापतिहरुले भन्नुपर्छ र भन्नसक्नुपर्छ । उहाँहरुले चुनावका अनुभव छ । संगठनको अनुभव छ । गाँउमा कार्यकर्ताहरुसंगको सम्पर्कमा उहाँहरु हुनुहुन्छ ।

अब लोलोपोतो गरेर कांग्रेस मजबुत बन्न सक्दैन । अब कांग्रेसको स्वार्थ जनताको स्वार्थसंग जोड्न जरुरी छ । यसका लागि सबै कांग्रेस नेता कार्यकर्ता कर्मशील बन्न जरुरी छ । कांग्रेस नेताहरुले अहिले भइरहेका कार्यकर्ता नेतालाई खेलाएर कहिले यता कहिले उता बनाएर होइन अब कहिल्यै कांग्रेस नबनेकालाई कांग्रेस बनाउनेतर्फ लाग्नुपर्छ । नयाँ मान्छेलाई नयाँ मतादातालाई कांग्रेस बनाउने अभियान सुरु गर्नुपर्छ ।

अब लोलोपोतो गरेर कांग्रेस मजबुत बन्न सक्दैन । अब कांग्रेसको स्वार्थ जनताको स्वार्थसंग जोड्न जरुरी छ । यसका लागि सबै कांग्रेस नेता कार्यकर्ता कर्मशील बन्न जरुरी छ । कांग्रेस नेताहरुले अहिले भइरहेका कार्यकर्ता नेतालाई खेलाएर कहिले यता कहिले उता बनाएर होइन अब कहिल्यै कांग्रेस नबनेकालाई कांग्रेस बनाउनेतर्फ लाग्नुपर्छ । नयाँ मान्छेलाई नयाँ मतादातालाई कांग्रेस बनाउने अभियान सुरु गर्नुपर्छ । नयाँ कांग्रेस बनाउने अभियान संचालन गर्नुपर्ने कांग्रेसका संयन्त्र नेपाल विद्यार्थी, नेपाल महिला संघको अवस्था के छ । उनीरुको संगठनको संरचना कस्तो छ, भन्ने बारेमा सबै सभापतिहरुलाई जानकारी छ । नेपाल विद्यार्थी संघको अवस्था बेहाल छ, महिला संघको अवस्था कस्तो छ । यी सबै कुरा पार्टीको एकतासंग जोडिन्छ कि जोडिँदैनन् ?

चुनावको बेलामा नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, तरुण दल कहाँ थिए, कहिँ भेटिएनन् । सिद्धान्तप्रति प्रतिबद्ध कार्यकर्ताहरुको आवश्यकता छ । तर सिद्धान्तवान कार्यकर्ताहरुको अभावका कारण नै अहिले कांग्रेसको सिद्धान्तको जीत भएपनि संगठनको हार भएको हो । पार्टी एकता हात उठाएर होइन मन मिलाएर हुनुपर्छ । मन मिलेपछि मुर्त रुपमा एकता हुन्छ । त्यसकारणले अब जिल्ला सभपातिहरुको सम्मेलनले कांग्रेसमा डायग्नोशिस गर्न जरुरी छ । जिल्ला सभपातिहरुको भेला त्यता तर्फ उन्मुख होस भन्ने मेरो चाहना हो ।

(नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलद्वारा कांग्रेस जिल्ला सभपातिहरुको मकवानपुरमा सम्पन्न भेलाको उदघाटनलाई सम्बोधनको सम्पादित अंश)