कांग्रेस जिल्ला सभापतिहरूको बन्दसत्र शुरु

कांग्रेस जिल्ला सभापतिहरूको बन्दसत्र शुरु


हिजो मंगलबारदेखि हेटौँडामा भएको कांग्रेस जिल्ला सभापतिहरूको तीनदिने राष्ट्रिय भेलाको बन्दसत्र शुरु भएको छ ।

बन्दसत्रमा जिल्ला सभापतिहरूले पार्टीको विधान र संगठनबारेमा आ–आफ्नो धारणा राख्ने क्रम शुरु बताइएको छ । बन्दसत्रमा युवा नेता गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले जिल्ला सभापतिहरूलाई ५१ पृष्ठ लामो पार्टीको कार्यदिशा र कार्यक्रम बाँडेका छन् ।

यसअघि केन्द्रीय समितिको चुनावी समीक्षा बैठकमा प्रस्तुत अवधारणालाई नै हेरफेर गरेर उनीहरूले सो ५२ पृष्ठ लामो पार्टीको कार्यदिशा र कार्यक्रम सभापतिहरूलाई बाँडेका हुन् । त्यसमाथि जिल्ला सभापतिहरूले राखेको धारणा र दिएको सुझावका बारेमा प्रादेशिक रूपमा छलफल हुने र उक्त छलफलको निचोड भोलि बिहीबारको भेलाले निर्णयको रूपमा प्रस्तुत गर्ने कार्ययोजना रहेको छ । भेला भोलि बिहीबार सम्पन्न हुनेछ ।