बार-बार किन चीन धाउँदैछन् किम ?

बार-बार किन चीन धाउँदैछन् किम ?


उत्तर कोरियाली नेता किम जोङ उन आज मङ्गलबार चीन पुग्न लागेका खबरलाई अन्तर्राष्ट्रिय मिडियाले महत्वसाथ प्रसारित गरेका छन् । दुईदिने भ्रमणका लागि किम बेइजिङ जान लागेका भए पनि बुधबार मात्रै त्यहाँ पुग्ने बताइएको छ ।

चीनको राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार उनी बुधबार मात्र राजधानी बेइजिङ पुग्ने छन् ।

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गगरेका थिए । उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लागेका हुन् ।

गएको मार्च महिनादेखि किमको यो तेस्रो पटकको चीन भ्रमण हुने छ । उनी जुन १२ को शिखर वार्ताको केही दिनअघि मात्र पनि चीन पुगेका थिए ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँग ग्रेट हल अफ पिपुल्समा उनले भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै किमले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एक मात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ ।

चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।