कांग्रेस महासमिति सदस्य आचार्यको निधन

कांग्रेस महासमिति सदस्य आचार्यको निधन


नेपाली कांग्रेसका महासमिति सदस्य एवं समाजसेवी सुदर्शन आचार्यको ६० वर्षको उमेरमा निधन भएको छ । मस्तिष्काघातको उपचारका क्रममा हिजो सोमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उनको निधन भएको हो । दिवंगत आचार्यको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

काठमाडौं जिल्लाको साविक गोलढुंगा गाउँ विकास समितिका पूर्वअध्यक्ष, विकेन्द्रिकरण समितिका पूर्वसदस्य एवं समाजसेवी आचार्यका श्रीमती र एक छोरी छन् । आचार्यको निधनप्रति कांग्रेसले दुःख प्रकट गरेको छ ।