विश्वकपको दाबेदारको रुपमा बेल्जियमको प्रदर्शन

विश्वकपको दाबेदारको रुपमा बेल्जियमको प्रदर्शन


फिफा विश्वकप–२०१८को ग्रुफ ‘जी’अन्तर्गत बेल्जियम र पानामाबीच भएको पहिलो खेलमा बेल्जियमले विश्वकप दाबेदारीअनुरुप प्रदर्शन गरेको छ । यसपटकको विश्वकपमा बेल्जियमलाई प्रमुख ६ दाबेदारको रुपमा प्रस्तुत गरिएको छ ।

आफ्नो लिग चरणको पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै उपाधिको दाबेदारको रुपमा अगाडि बढाएको छ । युरोपका फुटबलका प्रमुख हस्तीराष्ट्रहरुलाई पराजित गर्दै विश्वकपको अन्तिम छनोटमा परेको बेल्जियमले पहिलो खेलमै आफ्नो नामअनुसारको प्रदर्शन गरेको छ ।

निर्धारित समयसम्म खेललाई आफ्नो पकडमा राखेको बेल्जियमले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो । दोश्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको बेल्जियमले त्यसपछि दुई गोल गर्दै समग्रमा पनामाविरुद्ध तीन गोल गरेको छ ।

यो विजयसँगै बेल्जियमले महत्वपूर्ण तीन अंक प्राप्त गरेको छ । समुह ‘जी’मा अब बेल्जियमको प्रतिस्पर्धा इङ्गल्याण्ड र ट्युनिसियाबीच हुनेछ । प्रथम दुई स्थान हासिल गर्ने टोली प्री क्वाटर फाइनलमा पुग्नेछन् ।