पेनाल्टीद्वारा स्वीडेनले दक्षिण कोरियालाई स्तब्ध पाऱ्यो

पेनाल्टीद्वारा स्वीडेनले दक्षिण कोरियालाई स्तब्ध पाऱ्यो


फिफा विश्वकप फुटबलअन्तर्गत समुह ‘एफ’को दोश्रो खेल असार ४ गते सोमबार स्वीडेन र एसियाली राष्ट्र दक्षिण कोरियाबीच भएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दक्षिण कोरिया उत्कृष्ट प्रदर्शनका बाबजुद पराजित हुनु परेको छ ।

पहिलो हाफको ३० मिनेट निकै सनसनीपूर्ण रहेको थियो । दुवै टीमले गोल गर्नुको साटो एकअर्कालाई धक्कामुक्की गरेका थिए । सो अवधिमा दुवै टीमले १९ वटा फल गरे । पहिलो हाफको बाँकी १५ मिनेटमा दुवैै टीमले गोल गर्ने प्रयास गरे पनि असफल भएका थिए । यसरी पहिलो हाफ बरावरीमा टुङ्गिएको थियो ।

दोश्रो हाफमा दुवै टीम आक्रमक रुपमा प्रस्तुत भए पनि बल प्रायजसो स्वीडेनले आफ्नो नियन्त्रणमा राख्यो । स्वीडेन ६३औं मिनेटमा पेनाल्टी पाएको थियो । सोही पेनाल्टीको सदुपयोग गर्दै स्वीडेनले पहिलो गोल गर्दै अग्रता लियो । उक्त गोल स्वीडेनका कप्तान आन्द्रेयास गै्रक्किस्टले गरेका थिए । पछि यही गोल निर्णायक गोलमा परिणत भएको थियो ।

यो विजयसंगै स्वीडेनले आफ्नो समुहमा महत्वपूर्ण तीन अंक हासिल गर्दै मेक्सिकोसँग बराबरी गरेको छ ।