विश्वकपको प्रमुख दावेदार जर्मनी मेक्सिकोसँग पराजित

विश्वकपको प्रमुख दावेदार जर्मनी मेक्सिकोसँग पराजित


समुह ‘एफ’अन्तर्गत भएको जर्मनी र मेक्सिको बीचकोे पहिलो खेलमा मेक्सिकोले बाजी मारेको छ । मेक्सिकोले विश्वकप २०१८ को प्रमुख दावेदार जर्मनीलाई १–० ले पराजित गरेको हो ।

मेक्सिकोले पहिलो हापमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । मेक्सिको तर्फबाट उक्त गोल २२ नम्वरका खेलाडी इर्विङ लोजानोले गरेका हुन् । मेक्सिकोले सन १९८५ पछि पहिलो पटक जर्मनीमाथि विजय हासिल गरको हो । यो जितसँगै मेक्सिको महत्वपूर्ण तीन अंक प्राप्त गरको छ ।

असार ३ गते आइतबार भएको उक्त खेलमा खेल आरम्भ हुनअघि जर्मनीले विजय हासिल गर्ने एक सर्भेले देखाएको थियो । सर्भेले डिफेन्डिङ च्याम्पियन जर्मनीको पक्षमा ८७ प्रतिसत र मेक्सिको पक्षमा मात्र १३ प्रतिसत मत दिएको थियो । मेक्सिकोले उक्त सर्भेलाई गलत सावित गर्दै जर्मनीलाई पराजित गरेको छ । यो विजयसँगै मेक्सिकोले विश्वकपमा जर्मनीलाई दुई पराजित गर्न सफल भएको थियो ।

मेक्सिको जर्मनीलाई पराजित गर्दै विश्वकप २०१८ मा ठूलो उलटफेर गरेको छ । अब जर्मनी क्वाटर फाइनलमा पुग्न स्वीडेन र दक्षिण कोरियालाई पराजित गर्नुपर्ने छ । यदि यी दुई टीममध्य कुनै एक टीमसंग पनि जर्मनी पराजित भए विश्वकपवाट बाहिरिने खतरा बढेको छ । जर्मनी अव दोश्रो खेल अर्को शसक्त राष्ट स्वीडेनसंग खेल्नेछ ।

आज भएको खेलमा दुवै टिम जर्मनी र मेक्सिकोले आक्रामक रूपमा प्रस्तुत भएका थिए । दुवै टीमले गोल गर्ने थुप्रै अवसर प्राप्त गरे पनि गोल गर्न असफल भएका थिए । परिणाम मेक्सिकोले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल सावित भएको थियो । जर्मनीको यो हारले विश्वकपमा अझैं थुप्रै उलटफेर हुने संकेत देखाएको छ ।