आठ वर्षपछि विश्वकपमा उत्रिएको सर्वियाले बाजी मार्यो

आठ वर्षपछि विश्वकपमा उत्रिएको सर्वियाले बाजी मार्यो


फिफा विश्वकप ग्रुप ‘सी’अन्तर्गत असार ३ गते समारा रंगशालामा भएको सर्विया र कोस्टारिकाबीचको पहिलो खेलमा सर्वियाले कोस्टारिकालाई १–० ले पराजित गरेको छ । सर्वियालाई विजय दिलाउन टीमका कप्तान एलेक्जेन्डर कोलारोवले गोल गरेका थिए । कोलारोवले फ्रि किकवाट गोल उत्कृष्ट गोल गरेका थिए ।

आठ वर्षपछि विश्वकपको मैदानमा उत्रिएको सर्विया कोस्टारिकाको सामु दबाबमा देखिए पनि उत्कृष्ट डिफेन्स गर्दै विश्वकपमा पहिलो जित हात पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा कोस्टारिका आक्रमणरुपमा प्रस्तुत भएपनि सर्वियाका डिफेन्डरहरुले त्यसलाई असफल पारेका थिए ।

खेलको पहिलो हापको ११ औं मिनेटमा कोस्टारिका र १३ औं मिनेटमा सर्वियालाई गोल गर्ने अवसर प्राप्त भएपनि दुवै टीम गोल गर्न असफल भएका थिए । दुवै टीमको डिफेन्स राम्रो भएपनि अग्रपंतिका खेलाडीहरु गोल गर्न असफल भएका थिए । यसरी पहिलो हापको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
दोश्रो हापको ५६ औं मिनेटमा सर्वियाले फ्रि किक प्राप्त गरेको थियो । उक्त फ्रि किकलाई उत्कृष्ट रुपमा गोलमा परिणत गर्दै सर्वियाले १–० ले अग्रता लिएको थियो । निर्धारित समयसम्म कोस्टारिकाले कुनै गोल गर्न नसक्दा यहि गोल नै निर्णायक गोल बन्यो । यस खेलमा बिजयसंगै सर्वियाले महत्वपूर्ण ३ अंक बटुल्यो ।