बचतखाताका ग्राहकको ‘स्वास्थ्य बीमा सुविधा’

बचतखाताका ग्राहकको ‘स्वास्थ्य बीमा सुविधा’


सनराइज बैंक लिमिटेडले ओखलढुङ्गाकोे मोलुङ गाउँपालिका वडा नं ३ मा आफ्नो ८७ औं शाखा बिस्तार गरेको छ । मोलुङ शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, सो गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङमा शाखा बिस्तार गरेको जनाएको छ । साथै आफ्ना ग्राहकर्वलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रारम्भ गरेको पनि बैंकले जनाएको छ ।

उक्त बीमाअन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम जुन न्यून हुन्छ सो खर्च सोधभर्ना गर्न सकिने छ ।

यसका साथै बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको जनाइएको छ । सो बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।