अविरल वर्षापछि भारतमा एघारको मृत्यु, कैयौँ बेपत्ता, हजारौँ घरबारविहीन

अविरल वर्षापछि भारतमा एघारको मृत्यु, कैयौँ बेपत्ता, हजारौँ घरबारविहीन


उत्तरी भारतीय राज्यमा चार दिनदेखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणिपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामामा विस्थापित भएका छन् । उक्त वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । तर, के–कति मात्रामा उनीहरू हराएका छन् भन्नेबारेमा खोजी सुरु भएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी वर्षापछि बाढी आएको उक्त राज्यका प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् । यस राज्यमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३६ हजार विस्थापित भएका पनि उनले जानकारी दिएका छन् ।

त्यसैगरी त्रिपुरा राज्यमा यस प्रकोपमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ हजार घरबारविहीन भएका अधिकारीहरूले जानकारी दिएका छन् । मणिपुर राज्यमा जारी भारी वर्षापछिको बाढीको कारण राजधानी इम्फाललगायत राजधानीसँग जोडिएका जिल्लामा सरकारले बिदा दिएको छ ।

रासस