३९ लडाकु मारिए

३९ लडाकु मारिए


यमनमा भएको भिडन्तमा परी बिहीबार कम्तीमा ३९ जना लडाकुको मृत्यु भएको छ । यमनी विद्रोहीको नियन्त्रण रहेकोभन्दा बाहिरी ठाउँ होडेइडामा भिडन्त हुँदा उनीहरू मारिएको अधिकारीहरूले बताएका छन् ।

घटनामा परी ३० जना यमनिक हुथी विद्रोही लडाकु मारिएका हुन् । होडेइडा विमानस्थलदेखि दुई किलोमिटर टाढा पर्ने ठाउँमा सो भिडन्त भएको होे ।

मारिने अरू नौजना सरकारविरोधी लडाकु भएको बताइएको छ । उनीहरू पनि त्यही क्षेत्रमा मारिएको अधिकारीले बताएका छन् ।

एएफपी