कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


आर्थिक बर्ष २०७५-७६ को कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि भएको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासामाथि जवाफ दिएलगत्तै सरकारको नीति तथा कार्यक्रमलाई बैठकले पारित गरेको हो ।

मुख्यमन्त्री शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो वर्ष कानून, योजना निर्माण, हरेक क्षेत्रको सूचक संकलन र सम्भाव्यता अध्ययन तथा अनुसन्धानको वर्ष हुने बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्राथमिकता प्राप्त क्षेत्र, वर्ग र समृद्धि कुरा समेटिसकेको बताउँदै उहाँले सोचमा सकरात्मकता ल्याउन अनुरोध गरे ।

प्रतिपक्षीले पनि बैठकमा रचनात्मक भूमिका खेलेकामा प्रशंसा गर्दै उहाँले सरकारका लक्ष्य, उद्देश्यमा सघाउन आग्रह गरे ।

बाटो चाहियो

नेपाली काँग्रेस मुगुबाट समानुपातिकमा निर्वाचित प्रदेशसभा सदस्य झोवा विकले अत्यन्तै विकट मुगुको कार्मारोङ गाउँपालिकाका जनता अहिलेसम्म भेडा पालेर बस्दा पनि सिंहदरबारले न्याय नगरेको दुःख पोखे । उनले विद्युत् र बाटो पहिलो आवश्यकता भएको औँल्याए ।