कम्युनिस्ट शासन किन गरिबको हुँदैन ?

कम्युनिस्ट शासन किन गरिबको हुँदैन ?


– विनोद त्रिपाठी

बजेटअघि सोयाबिन तेल प्रतिलिटर–रु. ११५– अहिले रु. १३५, काउली–प्रतिकिलो ११०– अहिले– रु. १२५, पेट्रोल–रु. १०३– अहिले रु. ११३, डिजेल– रु. ८५– अहिले रु. ९५, मन्सुली चामल प्रतिबोरा रु. १६५०–अहिले रु. १७०० । कम्युनिस्ट सरकारका विज्ञ भनिएका अर्थमन्त्री युवराज खतिवडाले बजेट जारी गरेपछि महँगी बढेका उदाहरण हुन् यी । अहिले दैनिक भान्छामा चाहिने वस्तुको १५ देखि ४० प्रतिशतसम्म मूल्य बढेको छ । यसले पुष्टि गर्छ, कम्युनिस्टको असली गुण । गरिबको खाने गाँस काट्न उद्यत् छ वर्तमान सरकार । कम्युनिस्ट शासन गरिबको किन हुँदैन भन्ने विषयमा केही तथ्यगत कुरा खोतलाँै ।

सन् १९९१ मा तत्कालीन सोभियत सङ्घ रुस विघटन मात्र भएन, आन्तरिक अर्थतन्त्र अस्तव्यस्त भयो । राष्ट्रपति बोरिस एत्सिनले यसै वर्षको पुसमा राजीनामा दिए । सन् १९९४ सम्म चेचेन गुरिल्ला युद्ध चलिरह्यो । जार शाहवंशको इतिहास समाप्त भएपछि सन् १९१७ देखि कम्युनिस्ट शासनबाट सञ्चालित रुस विश्वको शक्तिशाली मुलुक बन्न पुगेको थियो । यो अवधिमा ठूला भौतिक पूर्वाधार, अणुबम, हतियार र खनिज पदार्थमा रुसको अभूतपूर्व प्रगति भयो । सरकारको लगानी विश्वमा दादागिरी देखाउनमै सीमित थियो ।

तर, जनताको दैनिकी यति विकराल भयो कि एउटा पाउरोटी खानका लागि एकपटक यौनसम्पर्कसम्म गर्न रसियन युवतीहरू बाध्य हुन्थे । युवाहरू गुन्डागर्दीमा लाग्थे । सरकारले हरेक युवायुवतीलाई ५ वर्ष अनिवार्य सैनिक सेवामा लगाएको थियो । सम्पत्तिमा निजीकरण थिएन । जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र मनोरञ्जनमा सरकारको पकड रहन्थ्यो । सरकारले ठूला रेल, हवाईजहाज, हतियार निर्माणलाई प्राथमिकता दियो । जब सोभियत सङ्घ विघटनसँगै कम्युनिस्ट शासन अन्त्य भयो, तब रसियन जनता मानवीय कुण्ठाबाट बाहिर निस्कन सफल भए । अहिले तेस्रो कार्यकाल सम्हालिरहेका रसियन राष्ट्रपति भ्लादिमिर पुटिन विश्व आर्थिक उदारीकरणलाई पछ्याउँदै सबल रसिया बनाउन लागिरहेका छन् । युनाइटेड रसिया पार्टीका नेता पुटिनले जनमैत्री सरकार चलाउन थालेपछि रोजगार र खाद्यान्नको समस्या टर्न थालेको छ ।

अहिले विश्वको ध्यान खिचेको उत्तर कोरिया भौतिक पूर्वाधारमा विश्वमै अगाडि छ । धेरैलाई थाहा नहुन सक्छ, विश्वका सबैभन्दा सुरक्षित भवनहरू उत्तर कोरियाले बनाएको छ । हतियार, बमवर्षक विमानहरूमा उत्तर कोरियाले विश्वमा तेस्रो स्थान जमाएको छ । हालका नेता किम जोङ उन आफ्नो शासनलाई प्रभावकारी मात्र बनाउन चाहँदैनन्, हजुरबुबा किम उल सुङले प्रतिपादन गरेको नीतिलाई पछ्याइरहन्छन् । यति शक्तिशाली भएर पनि उत्तर कोरियाका बालबालिका कुपोषणबाट ग्रस्त छन् । सरकारले रोजगार, घुमफिरका लागि युवाहरूलाई अन्य देश जान दिँदैन । खाद्यान्न अभावले जनता भोकै बस्न बाध्य छन् । संयुक्त राष्ट्रसङ्घले पछिल्ला १८ वर्षदेखि कुपोषण लागेका बालबालिकालाई औषधि, खाद्यान्न र गरिब जनताका लागि अन्न वितरण गर्दै आएको छ । किम जोङ उनले उत्तर कोरियाको वागडोर सम्हालेपछि ३ वर्षदेखि राष्ट्रसङ्घको यो सहयोग बन्द छ । (हेर्नुस्ः संयुक्त राष्ट्रसङ्घअन्तर्गत यूनडीपीको प्रतिवेदन) । राष्ट्रसङ्घलाई निषेध गर्न चाहन्छ उत्तर कोरिया ।

अहिले जो कम्युनिस्टमा लागेर वा कम्युनिस्ट बिचौलिया बनेर धनी भए उनीहरूको सम्पत्ति कसरी आर्जन भएको हो हामीले कहिल्यै सोचेका छौँ ? त्यसैले अर्को एक मिनेट फेरि सोचौँ, कम्युनिस्टका नेताहरू र यसैमा खेल्ने दलालहरू धनाढ्य कहाँबाट भएका होलान् र यो देश दिनप्रतिदिन किन गरिब भएको होला ?

सन् १९६५ देखि क्युवाको कम्युनिस्ट पार्टीको पहिलो महासचिव बनेर एकदलीय शासन भित्र्याउन सफल भएका फिदेल कास्त्रो १९७६ मा पहिलो राष्ट्रपति बनेदेखि क्युवा कम्युनिस्टको अधीनमा छ । राउल क्यास्त्रोको स्थानमा पुगेका मिगेल डियाज कनेल अहिले क्युवाको शक्तिशाली स्थानमा पुगेका छन् । कम्युनिस्ट शासनलाई अझ मजबुत बनाउन क्यास्त्रो परिवारको लिगेसीलाई धानिरहेका राउल नै क्युवाको राजनीति वागडोरमा यथावत् छन् । राउलले अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास थाले । जुन कुरा फिडेलले सुन्न पनि चाहँदैनथे । यहाँको संसद्मा ६०५ सदस्य छन् । तर, यी सबै कम्युनिस्टका निर्विरोध सदस्य हुन् । यो नै क्युवा कम्युनिस्टको अधिनायक विशेषता रहेको छ ।

यीबाहेक चीन र भियतनाममा अहिले कम्युनिस्ट शासन छ । तर, चीनको प्रगति खुला बजार अर्थनीतिका आधारमा विश्वभर फैलियो जुन सुधारात्मक कम्युनिस्ट अर्थ व्यवस्था हो । नेपालको कम्युनिस्ट अहिले यही पथमा हिँड्ने प्रयासमा छ । ०४० सालतिर नेपालका कम्युनिस्ट तत्कालीन माले रसियन कम्युनिस्टलाई पछ्याउँथे । दक्षिण छिमेकी मुलुक भारतमा पनि कम्युनिस्ट छन् । पश्चिम बंगाल राज्यमा ३५ वर्ष कम्युनिस्टले शासन ग¥यो । तर, भारतमा कम्युनिस्ट फैलिएन । त्यहीबेला पश्चिम बंगालको विकासमा अधोगति चलिरहेका बेला भाजपाले गुजरातमा उधुम मच्चाएर विकास गरिरह्यो । त्यसबेलाको भाजपा नरेन्द्र मोदीको विकास मोडेल विश्वभर चर्चामा रह्यो ।

अब सोचौँ, कम्युनिस्ट शासन गरिब जनताको हुन्थ्यो भने विश्वका सबै जनता कम्युनिस्ट हुनुपर्थेन ? किन कम्युनिस्ट गरिबको हुँदैन ? चीनबाहेक विश्वभर चीत्कार, दरिद्र र गरिबीमा घुमेको कम्युनिस्ट शासन नेपालीकै लागि किन प्यारो बनेको छ ? अब यो विषयतिर लागौँ ।

आजभन्दा करिब ४० वर्षअघि अर्थात् विश्व शीतयुद्ध ताका विश्वका आधाजति देशहरूमा कम्युनिस्ट शासन थियो । प्रविधि, शिक्षा, चेतनाले विश्वभरि क्रमश कम्युनिस्ट शासनको विरोध शुरु भयो । अधिकांश मुलुकमा कम्युनिस्ट मेटियो । जति देशमा कम्युनिस्टले डिस्टर्व गरिरह्यो, ती मुलुकमा कहिल्यै विकास भएन । पेरू, कम्बोडिया, फिलिपिन्स, अफ्रिकाका करिब दर्जन मुलुक कम्युनिस्ट युद्धमै अल्झिए । दक्षिण अमेरिकी मुलुक पेरूले समग्र अमेरिकन मुलुकहरूलाई असर पु¥यायो । संयुक्त राज्य अमेरिकाले त पेरूका नागरिकलाई केही वर्षसम्म भिसामा प्रतिबन्ध लगायो । विश्वभरि कम्युनिस्ट आतङ्कजस्तो देखियो । त्यसपछि अधोगतितर्फ ओरालो लागेको कम्युनिस्ट दक्षिण एसियामा पनि गुमनाम हुन थालिसकेको थियो । त्यसपछि लगत्तै नेपालमा माओवादी कम्युनिस्टले सन् १९९६ मा युद्ध घोषणा थाल्यो । यही कालमा अर्को कम्युनिस्ट एमालेले संसदीय राजनीतिमा पकड जमाउन थाल्यो । एकातिर विश्वमा कम्युनिस्ट हराउँदै थियो । विश्वले कम्युनिस्ट फालेर विकास र समृद्धितर्फ लम्किरहेको थियो भने अर्कोतर्फ हामीहरू कम्युनिस्ट ल्याउन ज्यान फाल्दै थियौँ । यही बिन्दुबाट हाम्रो बाटो उल्टोतर्फ लम्किएको थियो । त्यो उल्टो राजनीति यात्राले अहिले द्रुतता पाएको छ ।

अहिले कम्युनिस्ट नेता केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । अघिल्लोपटक ओली प्रधानमन्त्री भएको बेला भारतीय नाकाबन्दीले आक्रान्त थियो । नाकाबन्दी हटेपछि ओलीको ६ महिना शासन चलेको थियो । झन्झन् महँगीले जनता मर्कामा परेका थिए । भर्खरै सिद्धिएको नाकाबन्दीले महँगीको विरोध गर्ने वातावरण थिएन । यही बहाना देखाएर सरकारले महँगी घटाउन आवश्यक ठानेन । त्यतिबेलै धेरैले ओली सरकारले महँगी बढायो भन्दा नाकाबन्दीको कारण देखाएर प्रतिवाद गरियो । केपी ओली सरकारबाट हटेको एक साताभित्रै महँगी ह्वात्तै घटेर पहिलेकै मूल्यमा झ¥यो । त्यतिबेला एक लिटर तोरीको तेल ५ सय, तरकारीमा २ सय प्रतिशत वृद्धि, राजधानीमा २ सय लाग्ने ट्याक्सी भाडा २ हजार, एउटै ग्यास सिलिन्डरको २० हजारसम्मको महँगी देखियो । भारतबाट सहज रूपमा सामान पेट्रोलियम पदार्थ आएको ६ महिना बितिसक्दा पनि पम्पबाट तेल बाँडिएन । ओली सरकार हटेपछि यी सबै समस्या तुरुन्तै समाधान भएका थिए ।

उत्तर कोरियाले जनताको लागि रोटी किन्दैन, दादागिरी देखाउन परमाणुमा बजेट खर्चन्छ । हिजो सोभियत सङ्घ रुसको शासन पनि त्यस्तै थियो । अहिले नेपालको कम्युनिस्ट सरकारले रेल ल्याउने, पानीजहाज ल्याउने योजना बुनेको छ, तर मीठो पीठो जनतालाई खुवाउने योजना ल्याउँदैन । बरु गरिब जनताको गाँस खोस्न महँगीको डन्डा बर्साउँछ । अहिले देखिएको कम्युनिस्ट योगफल यही हो ।

अब आधा मिनेट सोचौँ, विश्वभर कम्युनिस्ट किन फैलिएन ? बरु सिद्धिन थाल्यो । के विश्वभरका दुःख पाएका, गरिबीमा बाँचेका मानिसलाई सुखी हुन रहर छैन होला र ? कम्युनिस्टले सुखसुविधा दिने भएको भए उनीहरूले कम्युनिस्ट शासन ल्याउन सक्दैनथे होला र ? किन भएको कम्युनिस्ट पनि सिध्याउन लागिपरे ? के उनीहरू हामीभन्दा चेतनशील र शिक्षित थिएनन् होला र ? त्यसैले हाम्रो अविवेकीपन र अन्धोपनको परिणाम नै कम्युनिस्ट सरकार हो । यसैको फल अहिलेको महँगी हो । अब अर्को आधा मिनेट सोचौँ, तपार्इं–हामीलाई कम्युनिस्ट बनाउन कति आश्वासन बाँडिएको थियो । हाम्रा वरपरका कम्युनिस्ट दाइदिदी, अङ्कल आन्टीहरू अहिले कसरी धनी भए ? नेता भनिएका कम्युनिस्ट मात्र धनी किन भए ? जो इमानदार कार्यकर्ता थिए वा गैरराजनीतिक नागरिक थिए उनीहरू झन्झन् किन गरिबीमा भासिए ?

अहिले जो कम्युनिस्टमा लागेर वा कम्युनिस्ट बिचौलिया बनेर धनी भए उनीहरूको सम्पत्ति कसरी आर्जन भएको हो हामीले कहिल्यै सोचेका छौँ ? त्यसैले अर्को एक मिनेट फेरि सोचौँ, कम्युनिस्टका नेताहरू र यसैमा खेल्ने दलालहरू धनाढ्य कहाँबाट भएका होलान् र यो देश दिनप्रतिदिन किन गरिब भएको होला ? अर्थात् हरेक कम्युनिस्ट सरकारकै पालामा गरिबले खाने दुईछाक गाँस किन महँगो भएको होला र कुनै पनि सरकारी काममा सोर्सफोर्सकै दबदबा किन कम्युनिस्टकै पालामा बढ्ने होला ? उत्तर तपाईं–हामी हरेकभित्र छ, अलिकति सकारात्मक सोच मात्र पलाउन जरुरी छ । फेरि पनि सोचौँ, के कम्युनिस्ट शासनले गरिब जनतालाई हित गर्छ ???

कम्युनिस्टहरूको विशेषता भनेकै अधिकारका नाममा सबै समुदाय, वर्ग, धर्म, जातिलाई उचाल्नु हो । युद्ध वा आन्दोलन सकिएपछि अनि थेचार्नु हो । अहिले कम्युनिस्टले देखाएको रूप यही हो । बिचौलिया, कालाबजारी, कामचोर ठेकेदार, ठग ट्रेड युनियनहरू आदिबाट कम्युनिस्टको घर बनेको हुन्छ । यिनैका आडबाट भौतिक घर निर्माण हुन्छ भने सिद्धान्तलाई पनि यिनै साङ्गठनिक धारहरूबाट सुरक्षित बनाइएको हुन्छ । फेरि एकपटक खुल्ला हृदयले सोचौँ, कम्युनिस्ट आएपछि के हाम्रा स्कुलकलेजमा शुल्क घट्यो त ? के अस्पतालको उपचार खर्च कम भयो त ? के हामीले खाने पीठो सस्तो भयो त ? अथवा यी राम्रा काम गर्ने कम्युनिस्टको सरकारले यो शुरुवाती दिनमा कुनै लक्षण देखायो त ?

अब फेरि माथि फर्कौँ । जसरी कम्युनिस्ट मुलुकहरूले भौतिक संरचना निर्माण त गर्छन्, विश्वमा आफैँलाई सर्वेसर्वा पनि ठान्छन्, तर कम्युनिस्ट गरिब जनताको हुँदैनन् । अर्थात् जनताका लागि केही गर्दैनन् । उत्तर कोरियाले जनताको लागि रोटी किन्दैन, दादागिरी देखाउन परमाणुमा बजेट खर्चन्छ । हिजो सोभियत सङ्घ रुसको शासन पनि त्यस्तै थियो । त्यसबेला ४० भन्दा बढी कम्युनिस्ट मुलुकको अवस्था रुसजस्तै थियो । अहिले नेपालको कम्युनिस्ट सरकारले रेल ल्याउने, पानीजहाज ल्याउने योजना बुनेको छ, तर मीठो पीठो जनतालाई खुवाउने योजना ल्याउँदैन । बरु गरिब जनताको गाँस खोस्न महँगीको डन्डा बर्साउँछ । अहिले देखिएको कम्युनिस्ट योगफल यही हो ।

कम्युनिस्टले गरिबको हित गर्दैन, गैरकम्युनिस्टले गरिबको लागि काम गर्छ । यो पनि होइन । कतिपय सिद्धान्त आफैँमा खराब हुन्छन् । ती सिद्धान्त परिमार्जित रूपमा अन्त्य हुन्छ । अहिले विश्व कम्युनिस्ट परिमार्जित रूपमा अन्त्यको दिशामा छ । परिमार्जित हुन नसकेका कम्युनिस्ट सकिए । जो परिमार्जन भए ती मुलुकमा अझै कम्युनिस्ट शासन बाँकी छ । तर, ‘हिङ नभए पनि हिङ हालेको टालो’ भनेझैँ कम्युनिस्टका सबै गुण सकिए पनि केही न केही साना अवशेषले मुलुकलाई सधैँ अहित नै गर्छ । यो परिणामको शुरुवात सम्भवत विश्वमा अहिले नेपाल नै होला । भर्खर निर्वाचनमार्फत कम्युनिस्टको बलियो सरकार नेपालले पाएको छ । हुन त शक्तिका दृष्टिकोणले विश्व राजनीतिमा नेपालको खास महत्व नहुने भएकोले कम्युनिस्ट सरकार नेपालमा भएको विश्वमाझ चर्चा छैन ।

तैपनि नेपालको कम्युनिस्टले विश्व राजनीतिलाई खासै असर नपारे पनि हाम्रा भान्सा, स्कुल, कलेज, बस र घरहरूमा कष्टपूर्ण असर पार्ने निश्चित छ । यसको पहिलो अभ्यास १० वर्षको युद्धका नाममा भइसक्यो । सुख दिने भनेर युद्धको सिकारबाट पहिलोपटक नेपाली झुक्किए । फेरि समृद्धि दिन्छौँ, सुख दिन्छौँ, विकास पनि दिन्छौँ भनेर कम्युनिस्टले झुक्याइरहेका छन् । हामी कम्युनिस्टबाट सधैँ झुक्किरहनेछौँ । किनकि हाम्रो चेतना अहिलेसम्म योभन्दा माथि उठ्नै सकेको छैन । जहिले हामी विश्वस्तरको चेतनामा पुग्नेछौँ, त्यतिबेला हामी कहिल्यै कम्युनिस्टबाट झुक्किने छैनौँ । अनि मात्र गरिबी अन्त्य गर्ने र गरिबको सरकार हामीले पाउनेछौँ । किनकि हाम्रो यो झुक्किरहेको कम्युनिस्टकाल हो ।