बाजेका ६ वटा सेकुवा रेस्टुरेन्टमा प्रहरीको छापा

बाजेका ६ वटा सेकुवा रेस्टुरेन्टमा प्रहरीको छापा


साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको घटनाको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिको टोलीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा रहेको बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।

टोलीले रेस्टुरेन्ट सञ्चालक चेतन भण्डारी पनि सुन तस्करीमा संलग्न रहेको आशङ्कामा छापा मारेको हो ।

यसअघि नै सुन तस्करीमा लगानी गरेको आशङ्कामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरेको थियो । सुन तस्करी काण्डमा भण्डारी फरार प्रतिवादी हुन् । भण्डारी तस्करी गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’का नातामा भान्जा पर्छन् ।

भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालो सञ्चालक रहेको एउटा गरी ६ वटामा बाजेको सेकुवामा टोलीले छापा मार्दै सिलबन्दी गरेको छ । उपत्यकामा बाजेको सेकुवा नामका १० वटा होटेल सञ्चालनमा छन् ।