पचास हजार लिटर घरेलु मदिरा नष्ट

पचास हजार लिटर घरेलु मदिरा नष्ट


महानगरीय प्रहरी परिसर काठमाडौंले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौंका विभिन्न वृत्त तथा प्रभागबाट सङ्कलन गरेको उक्त मदिरा आज बुधबार नष्ट गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौंलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उद्देश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद गरेर नष्ट गरिएको बताए । ‘काठमाडौंका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा सङ्कलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,’ पोखरेलले भने, ‘घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलाप हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ ।’

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पु¥याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ ।