बूढानीलकण्ठ कप फुटबल हुने

बूढानीलकण्ठ कप फुटबल हुने


नेपाल खेलकुद महासङ्घ, बूढानीलकण्ठ नगर कमिटीको आयोजनामा दोस्रो मदन मण्डारी बूढानीलकण्ठ फुटबल कप असार ९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ देखि २४ टिमको सहभागिता अपेक्षा गरिएको आयोजक कमिटीका अध्यक्ष प्रज्ज्वल थापाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र गोलरक्षकलाई जनही ५ हजार नगदसहित पुरस्कृत गरिनेछ । नकआउट फर्मेटमा हुने साताव्यापी प्रतियोगिताका खेलहरू कपनको आकाशेधारामा हुनेछ