अर्थमन्त्रीका कारण चौतर्फी निराशा, जनतालाई सास्ती

अर्थमन्त्रीका कारण चौतर्फी निराशा, जनतालाई सास्ती


सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा दिएको भए पनि आर्थिक क्षेत्रमा उत्पन्न आशङ्का र त्रासले आमनेपालीलाई निराश बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका निम्ति ठूलो सपना मात्र नेपालीलाई देखाएका छैनन्, आफ्नै कार्यकालमा जनताले राहत पाऊन् भन्ने चाहना पनि उनमा रहेको देखिन्छ । तर, अर्थ मन्त्रालयको ‘कमान’ सम्हाल्ने डा. युवराज खतिवडाको नीति र व्यवहारका कारण ‘बजार’मा एकप्रकारको आतङ्क र निराशा पैदा भएको छ ।

खतिवडाले अवलम्बन गरेको नीति र उनले ‘बजार’सँग गर्ने गरेको व्यवहारले आमनागरिकलाई चिढ्याएको छ । करको दायरा र दर बढाइएका कारण निम्नमध्यम तथा मध्यमवर्गीय जनता मारमा परेका छन् । कम्युनिस्ट पार्टीलाई मतदान गर्ने जनताको सबैभन्दा ठूलो हिस्सा निम्नमध्यम र मध्यमवर्गीय समुदायका हुन् र सबैभन्दा आहत पनि अहिले यिनै वर्गले हुनुपरेको छ । केपी ओली नेतृत्वमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको चार महिना नबित्दै देशको आर्थिक गतिविधिमा नकारात्मक असर परेको छ । एकातिर कर बढाइएको र अर्कोतिर बजार भाउ पनि ह्वात्तै बढेकोले आमजनता आहत बनेका छन् ।

मदिरा तथा मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थमा करको दर वर्षेनी बढाइँदा पनि मानिसले त्यस विषयलाई लिएर नकारात्मक टीकाटिप्पणी गरेको सुनिँदैनथ्यो । यसपटक पनि मदिरा र सुर्तीजन्य पदार्थमा ‘कर’को दर बढाइँदा त्यसलाई लिएर नकारात्मक टिप्पणी भएको छैन । तर, उद्योगहरूलाई प्रवद्र्धन गरी उत्पादनको वातावरण बनाउन नसकेको, उद्यमी/व्यवशायी मैत्री नीति अवलम्बन नगरिएको र आर्थिक क्षेत्रलाई चलायमान बनाउन नसकेका कारण यतिबेला अर्थमन्त्री युवराज खतिवडाको घर–घरमा आलोचना भइरहेको छ । खतिवडासँग निजीक्षेत्र सबैभन्दा असन्तुष्ट बनेको छ ।

खतिवडाको व्यवस्थाअनुसार वर्षमा बीस लाख कमाइ गर्ने र बीस करोड कमाइ गर्नेले एउटै अनुपातमा कर तिर्नुपर्ने हुन्छ । आर्थिक जगत्को कुनै यस्तो क्षेत्र छैन, जहाँ अर्थमन्त्री खतिवडाप्रति असन्तुष्टि नभएको होस् ।

सेयर कारोबारी, घरजग्गा व्यवसायी, उद्यमी, व्यापारी र कर्मचारी तथा सर्वसाधारण जनता त अर्थमन्त्रीप्रति क्रूद्ध बनेकै छन्, सत्तारुढ पक्षका सांसद र मन्त्रीहरूसमेत युवराजप्रति आक्रामक बनेका छन् । आर्थिक जगत्को कुनै यस्तो क्षेत्र छैन, जहाँ अर्थमन्त्री खतिवडाप्रति असन्तुष्टि नभएको होस् । उत्पादनलाई प्रोत्साहन गर्न उद्यम र उद्यमीमैत्री नीति खतिवडाले लिएनन् । आयकर वृद्धि गरेर खतिवडाले निम्नमध्यम र मध्यमवर्गीय जनतालाई कष्टकर अवस्थामा पुऱ्याइदिएका छन् । आयकर बढाएर सरदर छत्तीस प्रतिशत पुऱ्याइएको छ । पहिले आम्दानीका आधारमा पन्ध्र र पच्चीस प्रतिशत मात्र कर तिर्ने गरी दुईवटा ‘स्ल्याब’ राखिएकोमा खतिवडाले तीनवटा ‘स्ल्याब’ सिर्जना गरी करको दायरा र दर बढाइदिएका छन् । वार्षिक चार लाखसम्म कमाइ गर्ने परिवारलाई कर नलाग्ने पुरानै व्यवस्था कायम राख्दै खतिवडाले पाँच लाखदेखि बीस लाख र सोभन्दा माथि जतिसुकै कमाए पनि दशदेखि तीस प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था गरिदिएका छन् ।

खतिवडाको व्यवस्थाअनुसार वर्षमा बीस लाख कमाइ गर्ने र बीस करोड कमाइ गर्नेले एउटै अनुपातमा कर तिर्नुपर्ने हुन्छ । खतिवडाले दूरसञ्चार सेवा दस्तुर भनेर तेह्र प्रतिशत कर लगाइदिएका छन् । जसका कारण इन्टरनेट सेवा महँगो हुने भएको छ । पहिले आवश्यकीय सेवा मानेर दूरसञ्चार सेवा दस्तुरका रूपमा कर लाग्ने गर्दैनथ्यो । तेह्र प्रतिशत सेवा दस्तुरमा भ्याट (VAT) समेत जोडिँदा आममानिसले प्रयोग गर्ने दूरसञ्चार सेवा अब महँगो हुने भएको हो । घरजग्गा व्यवसाय र व्यवसायीलाई पनि खतिवडाले नराम्रोसँग कसेका छन् ।

अबदेखि दर्तावाल दलाल कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउने गराएर करको दायरा बढाइएको छ । घरजग्गा बिक्री गर्दा तीस लाखभन्दा बढीको कारोबारमा मात्र लाभकर लाग्ने व्यवस्था परिवर्तन गरी दश लाखको मात्र कारोबार भए पनि लाभकर तिर्नुपर्ने व्यवस्था खतिवडाले गरेका छन् । यही नीतिका कारण घरजग्गा व्यवसायमा मन्दी आएको र आगामी दिनमा अझै मन्दी आउने देखिएको छ । यही स्थिति रहे यो व्यवसायमा संलग्नहरूले कष्टप्रद दिनहरूको सामना गर्नुपर्ने सम्भावना बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरालो लाग्दासमेत भारततर्फ तस्करी भएर जाने कारण देखाउँदै इन्धनको मूल्य बढाउन मुख्य भूमिका निर्वाह गर्ने पनि खतिवडा नै भएको बताइन्छ । आमजनताले प्रयोग गर्ने मोबाइल फोन र वनस्पति घिउलगायतका सामग्रीमा यसअघि भ्याट छुट दिँदै आएकोमा खतिवडाले यी सामग्रीमा पनि भ्याट लाग्ने व्यवस्था गरिदिएका छन् ।

खतिवडाले लिएको अव्यावहारिक नीतिका कारण नेपालको इतिहासमै पहिलापटक सेयर कारोबारीहरूले आफ्नो कारोबार पूरै रोक्नुपर्ने स्थिति बन्यो । बोनस र राइट सेयर दुवैमा ज्यादा कर लगाउने नीतिले घाटामा समेत कर लाग्ने स्थिति बनेको भन्दै कारोबारीहरू हडतालमा उत्रिएका थिए । अहिले आफैँले लिएको निर्णय स्थगित गर्न युवराज खतिवडा बाध्य भएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निम्ति पनि अर्थमन्त्री खतिवडालाई नै मुख्य रूपमा जिम्मेवार ठहर गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरालो लाग्दासमेत भारततर्फ तस्करी भएर जाने कारण देखाउँदै इन्धनको मूल्य बढाउन मुख्य भूमिका निर्वाह गर्ने पनि खतिवडा नै भएको बताइन्छ । आमजनताले प्रयोग गर्ने मोबाइल फोन र वनस्पति घिउलगायतका सामग्रीमा यसअघि भ्याट छुट दिँदै आएकोमा खतिवडाले यी सामग्रीमा पनि भ्याट लाग्ने व्यवस्था गरिदिएका छन् । समग्रमा अर्थमन्त्री खतिवडाले अवलम्बन गरेको नीतिबाट आमजनताले सास्ती पाउने स्थिति बनेको छ । देशको सबै क्षेत्रका जनतालाई आहत तुल्याउने अर्थमन्त्री खतिवडाकै कारण केपी ओली र उनको सरकार निकट भविष्यमै अलोकप्रिय हुने सङ्केतहरू देखिएका छन् । खतिवडाले लिएको नीतिकै कारण दैनिक उपभोग्य वस्तुको भाउ ह्वात्तै बढेको छ । र, महँगी बढ्ने क्रम अझै जारी छ ।

देशको सबै क्षेत्र त्राहीमाम तुल्याउने, आर्थिक गतिविधिमा मन्दी ल्याउने, व्यापारघाटा नियन्त्रणको निम्ति ठोस कदम चाल्न नसक्ने र सरकारलाई अलोकप्रिय तुल्याउन मुख्य भूमिका निर्वाह गर्ने युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कहिलेसम्म बोकेर हिँड्ने हुन्, आमजनताको व्यग्रतापूर्ण प्रतीक्षाको विषय बनेको छ ।