ओलीको पानीजहाज देउवाको हवाईजहाज

ओलीको पानीजहाज देउवाको हवाईजहाज


ई. महेन्द्र पराजुली

क. केपी ओली र क. पुष्पकमल दाहाल (प्रचण्ड)ले थापेको जुवाको खालमा च्याँखे थाप्ने राजपा र फोरममध्ये फोरमले च्याँखे जित्यो । संविधान संशोधन होइन पुनर्लेखन नै गर्नुपर्छ भन्ने मुद्दा लिएर मधेस आन्दोलनका नाममा अवतरित भएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विगतका सबै अडान परित्याग गर्दै मधेसका मुद्दालाई केवल सत्ताको भ¥याङको रूपमा प्रयोग गरेर नवगठित कम्युनिस्ट पार्टीका अध्यक्षद्वय क. केपी ओली र क. पुष्पकमल दाहालसँग उधारो सम्झौतामा सहीछाप गरे ।

ओली र दाहालसँगको बार्गेनिङमा थाकेपछिhttps://www.ghatanarabichar.com/wp-admin/post-new.php सुरक्षित अवतरणका लागि अनन्त यादवले कम्युनिस्ट पार्टीसँग अमूर्त सम्झौता गर्दै उत्तम विकल्पको रूपमा सरकारमा समावेश हुने सहज र सजिलो बाटो रोज्दै ओलीको वैशाखी टेके । यादवले आफ्नो राजनीति दाउमा लगाउने जोखिम मोल्दै ओलीसँग घुँडा टेकेर फोरमलाई विघठनको सङ्घारमा पु¥याए । उपेन्द्रको यो नैतिक हार र स्खलन हो भन्छन् मधेसी जनता । उपेन्द्रले ओली र दाहालसँग गरेको उधारो सम्झौता केवल कागजको खोस्टोमा परिणत नहोला भन्न सकिन्न ।

संविधान संशोधनको जस लिने होडको लिगलिगे दौडमा एक–अर्कालाई प्रतिद्वन्द्वीको रूपमा लिएका राजपा र फोरममध्ये चीन र भारतलाई हेर्ने दृष्टिकोणमा एजेण्डा मिलेकै कारण कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरम एकै ठाउँमा उभिन पुगे । ओली र दाहालका पूर्वकार्यकर्तासमेत रहिसकेका उपेन्द्र मात्रै नभएर अशोक राई, राजेन्द्र श्रेष्ठलगायत फोरमका अन्य नेताको समेत राजनीतिक पृष्ठभूमि वामपन्थी भएकै कारण पनि सम्झौताले एकीकरणको रूप लिने सम्भावना बढेर गएको छ । आखिर ओली र यादव एउटै सिक्काका दुईपाटा हुन् भन्ने जगजाहेर छ ।

मधेसी दलप्रति रुखो व्यवहार प्रदर्शन गर्ने मधेसको ‘म’ पनि सुन्न नचाहने ओलीले ‘समथर भूभागजति सबैलाई मधेस भन्ने हो भने मधेस खोज्न बिहार यूपीतिर गए भइहाल्यो नि’ भनी राजपाका नेता राजेन्द्र महतोलाई कडा जवाफ फर्काउँदै इँटको जवाफ पत्थरले दिएका तिनै ओलीले सङ्घीय निर्वाचनमा आफ्नै पार्टी एमालेको उम्मेदवार बनाएर निर्वाचित गराएका महतोलाई कुनै पनि दिन रातो कार्पेट बिच्छयाएर कम्युनिस्ट सरकारमा समावेश गराउने कुरालाई नकार्न सकिन्न ।

आफूलाई भारतविरोधी रुझान भएका नेताका रूपमा कपटपूर्ण तरिकाले उभ्याउन सफल भएका क. ओली र यादवबीच लगनगाँठो कसिनुले उनको खोक्रो मौसमी नवराष्ट्रवादको मुखुण्डो उघ्रिएको छ । ओलीले प्रयोग गरेका साम, दाम, दण्ड, भेदको नीति असफल भएको छ । ओलीले एक्कासि ३६० डिग्रीमा यू–टर्न गर्नुलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने विश्लेषण रहेको छ राजनीतिक विश्लेषकको ।

कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री क. केपी ओलीमा अहंकार र दम्भको मात्रा बढेको छ । विशेष गरेर विघठित एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण र सङ्घीय समाजवादी फोरमको सरकारमा प्रवेशसँगै । दुईतिहाइको अङ्कगणितले ओलीलाई सत्ताको मात लागेको छ । राज्य शक्तिशाली नभएर क. ओली शक्तिशाली भएको अवस्था हो यो । ओलीका पूर्वप्रतिबद्धता र अडान सबै छायामा परे पनि जीवनको उत्तरार्धमा ओलीको ठूलो फड्को हो यो । प्रतिकूल स्थिति अनुकूल बनेको छ खास गरेर पार्टी एकीकरण र यादवको सामेलीसँगै ।

‘नेपाली काङ्ग्रेस प्रतिस्पर्धी नभएर सहयोगी मात्र हो’ भन्ने ओलीको गैरराजनीतिक अभिव्यक्तिले सत्तापक्ष र प्रतिपक्षबीच सम्बन्ध चिसिन पुगी दूरी बढेको छ । लोकतन्त्रको हिमायती काङ्ग्रेसको भूमिका र अस्तित्वलाई स्वीकार नगरी अवमूल्यन गर्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस सर्वसत्तावाद र अधिनाकवादतर्फ उन्मुख होइन भनेर कसरी नबुझ्ने प्रजातन्त्रवादीले । काङ्ग्रेसप्रति विषवमन गर्दै गरेको कटाक्षको शब्दवाण प्रहारको ठूलै मूल्य चुकाउनुपर्नेछ, त्यो महँगो साबित हुनेछ क. ओलीलाई कुनै दिन ।

‘स्याउको बोटमा सुन्तला फलेको दिनमा कम्युनिस्ट सत्तामा परिवर्तन हुनेछ’ भन्ने रुमानियाका कम्युनिस्ट राष्ट्रपतिको महावाणीबाट प्रेरित ओलीका शब्दवाणका हतियारमा खिया लागी भुत्ते साबित हुनेछन् समयसँगै । हेक्का राखुन् क. ओलीले यिनै शब्दवाण उनको लागि प्रत्युपादक बन्दै गलपासो नबनुन् ।

‘कम्युनिस्ट पार्टीबाहेक नेपालमा अब अन्य दलको भूमिका नहुने, कम्युनिस्टबाहेक अरू दलले शासन गर्ने सपना नदेखे हुन्छ’ भनी पानी नपार्ने मेघझैँ गर्जने क. ओलीले देश कम्युनिस्टमय भयो भनी एलान गर्दै जारी गरेको फर्मानले श्री ३ महाराजको झल्को दिएको छ । क. केपीको बुझाइ र खोकाइ पञ्चायतकालमा सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भन्ने नाराको छायाप्रतिसिवाय केही होइन ।

‘स्याउको बोटमा सुन्तला फलेको दिनमा कम्युनिस्ट सत्तामा परिवर्तन हुनेछ’ भन्ने रुमानियाका कम्युनिस्ट राष्ट्रपतिको महावाणीबाट प्रेरित ओलीका शब्दवाणका हतियारमा खिया लागी भुत्ते साबित हुनेछन् समयसँगै । हेक्का राखुन् क. ओलीले यिनै शब्दवाण उनको लागि प्रत्युपादक बन्दै गलपासो नबनुन् ।

राणा सरकारसँग पौँठेजोरी खेल्ने पाखुरीमा मासी गल्दै गई बल कम हुन थालेपछि न्याय नपाउने अठोट गरेर नै योगमाया न्यौपानेले आफ्ना अनुयायीसहित १९९८ मा साउनको भेलमा भोजपुरको अरुण नदीमा हेलिएर प्राण त्याग गरेको इतिहासलाई नजिर मानेर नै होला नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफूसहित काङ्ग्रेसका सांसदलाई कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रममा घोलाइदिए ।

आमनिर्वाचनमा तात्तिएको ब्यारोमिटरको पारो बिस्तारै सेलाउँदै गए पनि देउवामा सत्ताको धङधङे (ह्याङओभर) बाँकी नै छ । तोपको सलामी लिन अझै पनि लालयित र आतुर छन् । कम्युनिस्ट अधिनायकवाद र सर्वसत्तावादको भूत देखाएर सत्ताको साँचो प्राप्त गर्ने रणनीति असफल भई जनादेशको अभीष्ट पूरा नभएपछि देउवाले आत्मघाती गोल गरे । इतिहासले माफ गर्ने छैन देउवालाई ।

काङ्ग्रेस बोझ भयो देउवाका लागि । पहाडझैँ गरुङ्गो काङ्ग्रेसलाई सिमलको भुवाझैँ हलुका बनाइदिए शेरबहादुरले । नदीजस्तो काङ्ग्रेसलाई खहरे खोलामा परिणत गराइदिए । शीतलता अनि छहारी दिने झ्याम्म परेको रूखको हाँगा काटेर सूर्यको रापिलो तापमा पसिना काढ्दै सुस्ताउन बाध्य पारे देउवाले काङ्ग्रेसका बटुवालाई । सालको रुख आफू मात्र भएको र अरूचाहिँ उत्तीसको रूख भएको अहँकार र घृष्टता प्रदर्शन गरिरहेका छन् शेरबहादुर ।

अचम्मै मान्नुपर्छ क. केपी ओली र क. पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रुखको बिरुवा रोप्ने अनि त्यही निवासबाट राजपाठ र पार्टी सञ्चालन गरेका देउवाले रुखको बिरुवाको जरै उखेलेर फाल्ने कु–चेष्टा गर्नु दुर्भाग्य हो । ‘माल पाएर के गर्नु चाल नपाएपछि’ होइन त सभापतिज्यू ? काङ्ग्रेसको हवाईजहाजमा खराबी आएको हुँदा कुनै पनि दिन ग्राउन्डेड हुने अवस्थामा पुगेको छ ।

जहाजको सर्भिसिङसहित मर्मत अति आवश्यक भइसकेको छ । ठोकठाक, टालटुल गरेर मात्र जहाज उडाउने कोसिस भइरहेकोमा यसले इन्जिन नै कोल्याप्स हुने खतरा बढाएको छ । जहाज उडाउने क्याप्टेनको क्षमता र ज्ञान पनि परिपक्व नदेखिएको हुँदा यिनै क्याप्टेन देउवाको नेतृत्वमा काङ्ग्रेसको जहाज उडाउने हो भने दुर्घटनाको जोखिम हुने निश्चितजस्तै छ । कामना छ– काङ्ग्रेसको बोइङ जहाजले घोप्टेभिरमा भएको नियति र क. केपी ओलीको पानीजहाजले टाइटानिकको नियति भोग्नुनपरोस् ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वस्वसहित आजीवन कारावासको कैद सजाय भोगिरहेका विघटित माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलको बाँकी कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा दायर रिट हेर्दा हेर्दै सुनुवाइकै अवस्थामा रहेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुङ्गेललाई आममाफी दिनु कानुनी राज्य, विधिको शासनको उपहास हो । ‘ढुङ्गेल रिहाइ भइसकेको’ भन्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोत्तानको संयुक्त इजलासले १५ जेठमा अन्तरिम आदेश दिन अस्वीकार गरे संवैधानिक अदालतको फैसलाविपरीत हुने गरी ।

जहाजको सर्भिसिङसहित मर्मत अति आवश्यक भइसकेको छ । ठोकठाक, टालटुल गरेर मात्र जहाज उडाउने कोसिस भइरहेकोमा यसले इन्जिन नै कोल्याप्स हुने खतरा बढाएको छ । जहाज उडाउने क्याप्टेनको क्षमता र ज्ञान पनि परिपक्व नदेखिएको हुँदा यिनै क्याप्टेन देउवाको नेतृत्वमा काङ्ग्रेसको जहाज उडाउने हो भने दुर्घटनाको जोखिम हुने निश्चितजस्तै छ ।

घुमाउरो पारामा राष्ट्रपतिको निर्णय अनुमोदन गऱ्यो सर्वाेच्चले । न्यायमूर्तिहरू प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको प्रभावमा परे । राजा महेन्द्रको निर्देशन नमान्दा तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानलाई बर्खास्त गर्न राजा महेन्द्रले २०१३ जेठ १३ गते सर्वाेच्च अदालत ऐन ल्याएर प्रधानलाई हटाएका थिए । कतै न्यायधीशद्वयलाई त्यही लघुताभाष त भएन ? जनताको अन्तिम आशा र भरोसाको रूपमा रहेको न्यायालयले जनविश्वास गुमाउन पुगेको छ । न्यायपालिका राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेन ।

यो प्रकरणले भविष्यमा ठूलै दुर्घटना निम्त्याउँदैन भनेर भन्न सकिन्न । लोकतन्त्र दिवसकै दिन हत्यारा ढुङ्गेललाई आममाफी दिँदै रिहा गर्ने दिन छानिनु राज्यलाई असफल पार्न गरिएको डिजाइनकै षड्यन्त्रको रूपमा बुझेका छन् कानुनका विद्यार्थीले । अदालत अदृश्य शक्तिबाट सञ्चालित भई न्यायको बन्धक बनेको अवस्था हो यो । स्वतन्त्र न्यायपालिकाले अस्तित्वमाथि नै प्रश्न उठेको छ ।
माओवादीको अपहरणमा परी अमानवीय तरिकाले नृशंस हत्या गरिएका कृष्णप्रसाद अधिकारी मारिएको २०७५ जेठ २४ गते १४ वर्ष पुगेको छ । छोरा कृष्णप्रसाद अधिकारी गुमाउनुको पीडा सहेरै भए पनि नन्दप्रसाद अधिकारीले न्यायको भिख माग्दा–माग्दै जीवनदेखि हार खाएर वीर अस्पतालको शय्यामा छटपटाउँदा–छटपटाउँदै २०७१ असोज ६ गते प्राण त्याग्न बाध्य भए ।

टिचिङ अस्पताल महाराजगन्जको फ्रिजमा रहेको नन्दप्रसादको भूतले अझै पनि न्याय पर्खिरहेको छ । लुटिएको कोखको न्यायको लडाइँ लड्दा–लड्दै थाकेर कुनै पनि दिन गंगामाया अधिकारीले पनि पतिकै नियति भोग्नुपर्ने अवस्थामा ढुङ्गेलको रिहाइ कति उचित छ ? प्रश्न गम्भीर छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति नैतिकताको प्रश्न तेर्सिएको छ । गम्भीर फौजदारी अभियोगमा सर्वाेच्च अदालतको फैसलाबाट सजाय भोगिरहेका ढुङ्गेल राजनीतिक तथा न्यायको दुवै तराजुमा गह्रौँ साबित भए भने पीडित पक्ष हलुका ।

सत्ताको आड र मातमा राजनीतिक आवरणमा ढुङ्गेलले आममाफी पाए । न्यायाधीशद्वयले ओली र भण्डारीको ताबेदारी गरे । न्यायालय निरीह बन्दै सरकारको लाचार छाया मात्र बन्यो । ११औँ गणतन्त्र दिवस हत्यारा बालकृष्ण ढुङ्गेलका लागि बम्पर उपहार बनेर आयो । ढुङ्गेलको आममाफी कानुनसम्मत भएको प्रधानमन्त्री क. केपी ओलीको भनाइ र राजनीतिक सहमतिमै ढुङ्गेललाई आममाफी गरिएको गृहमन्त्री क. रामबहादुर थापा (बादल)को बनिबनाउ स्पष्टीकरण हास्यास्पद छ ।

खोक्रो राष्ट्रवादको भ्रान्तिमा नेपाली जनतालाई केही समयका लागि राख्न सफल भए पनि प्रम ओलीको कुटिल चाल गत वैशाख २८–२९ मा छताछुल्ल भयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भएको थियो । उनको राष्ट्रवादमा ग्रहण लागेको छ, राष्ट्रवादी पखेटाको प्वाँख झरेको छ, काटिएको छ । केपी कमरेडको स्तुतिगान गाउँदा नथाक्नेहरू नै यतिबेला स्तब्ध भएका छन् ।

(लेखक सहिद पुत्र हुन् ।)