प्रथम बृहत् राष्ट्रिय पारा जुडो सम्पन्न

प्रथम बृहत् राष्ट्रिय पारा जुडो सम्पन्न


प्रथम बृहत् राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा जुडो प्रतियोगिताको पुरुष ४५ केजीमा प्रसाई रुम्बाले स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा किरण दाहाल, ६० केजीमा आनन्द पाण्डे, ६६ केजीमा आदित्य शेर्पा र ७३ केजीमा मनोज भट्टले स्वर्ण जिते ।

महिला ३६ केजीमा सीमा तामाङ, ४० केजीमा स्मारिका पोखरेल, ४४ केजीमा सिर्जना चौधरी र ४८ केजीमा वर्मा बुढामगर पहिलो भए । विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, आयोजक सङ्घका अध्यक्षसमेत रहेका कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायतले पुरस्कृत गरेका थिए । एकदिने प्रतियोगितामा २२ खेलाडीले ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै नेपाल जुडो सङ्घका महासचिवसमेत रहेका नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ जापानको टोकियो जाने भएका छन् ।

अन्तर्राष्ट्रिय निर्णायक श्रेष्ठ अन्तर्राष्ट्रिय दृष्टिविहीन खेलकुद सङ्घ (इब्सा) सेमिनारमा भाग लिन जापान जान लागेका हुन् । जुन १४ देखि १८ तारिखसम्म टोकियोस्थित जुडोको मुख्यालय कोदोकानमा हुने सेमिनारमा सहभागी हुन श्रेष्ठ जुन १३ तारिख जाँदै छन् । प्रतियोगिताको समापन कार्यक्रममै सदस्यसचिव विष्टले श्रेष्ठलाई बिदाइ गरे ।