कृषि मन्त्रीको छड्केमा बालाजुको दुग्ध उद्योग

कृषि मन्त्रीको छड्केमा बालाजुको दुग्ध उद्योग


पछिल्लो केही दिनयता मुलुकका ठूला भनिएका दुग्ध उद्योगका उत्पादनहरु गुणस्तरहीन भएको समचार आएपछि कृषि मन्त्री चक्रपाणी खनाल उद्योगहरुको छड्केमा निस्किएका छन् । उनले सोमबार विहानै बालाजु औद्योगिक क्षेत्रस्थित आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा पुगेका हुन् ।

यसअघि कालीमाटी तरकारी बजारको छड्के अनुगमन गरिसकेका मन्त्री खनालले आज दुग्ध उद्योगको अनुगमन गरेका हुन् । अनुगमनमा मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोली रहेको मन्त्रालयका एक कर्मचारीले जानकाी दिए ।