आठघन्टे स्टेट भिजिटको लागि अस्ट्रिया आउँदै रसियन राष्ट्रपति पुटिन

आठघन्टे स्टेट भिजिटको लागि अस्ट्रिया आउँदै रसियन राष्ट्रपति पुटिन


Sagar Subedi, Vienna

रसियन राष्ट्रपति भाल्दिमिर पुटिन भोलि मंगलबार अस्ट्रियाको राजधानी भियना आउँदैछन् । यसै पर्ष भएको राष्ट्रपतीय निर्वाचनमार्फत तेश्रो पटक पुनः निर्वाचित भएपछि राष्ट्रपति पुटिनले विदेश भ्रमण गर्ने क्रममा यूरोपियन मुलुकमध्ये पहिलो यात्रा अस्ट्रियाबाट शुरु गर्न लागेका हुन् । उनको यो विशेष भ्रमण हुने र जम्मा आठ घण्टा मात्र अष्ट्रिया रहेने कार्यक्रम छ ।

पुटिनको सुरक्षाको लागि अस्ट्रियामा स्थल तथा हवाइ सेनाद्वारा विशेष रुपमा १० लडाकु जहाज तथा सात विशेष हेलिकप्टरद्वारा निगारानी गरिने तथा सुरक्षासम्बन्धी सम्पूर्ण तयारी गरिसकिएको अस्ट्रियन सेनाका प्रवक्ता मिखायल बावरले ट्वीटरमार्फत जानकारी दिएका छन् । राष्ट्रपति पुटिनको सवारीको लागि हिजो नै रसियन हवाई सेनाद्वारा एक सुरक्षित बुलेटप्रुफ कार अस्ट्रिया एयरपोर्ट मा उतारिएको पनि ब्एब्९ ब्गकतचष्बल एचभककभ ब्नभलतगचभ० ले जानकारी दिएको छ । स्मरण रहोस्, राष्ट्रपति पुटिनले २०१४ को जुन मा पछिल्लोपटक अस्ट्रियाको भ्रमण गरेका थिए ।

राष्ट्रपति पुटिनको यसपटकको भ्रमणको मुख्य उद्देश्य भियना र मस्कोको दुइपक्षीय ग्यास सम्झौताको ५०औँ वर्षोत्सवमा सहभागिता जनाउनु रहेको छ । तत्कालिन सोभियत संघसँग अस्ट्रियाले १ जुन १९६८ मा ग्यास पाइप्लाइन तथा निर्यातसम्बन्धी सन्धि गरेको थियो । हाल पनि रसियाबाट पाइप लाइनमार्फत् सिधै अस्ट्रियाको राजधानीमा अवस्थित एक ठुलो प्लान्टमा ग्यास आउने गर्दछ र यहाँ प्रसोधित भएपछि युरोपका विभिन्न देशमा रसियन ग्यासको आपुर्ति गर्ने गरिएको छ ।

राष्ट्रपति पुटिनको यो भ्रमणमा उनले प्रथमतः अस्ट्रियन राष्ट्रपति भान देर बालेनसँग भेट गर्ने, त्यसलग्गत्तै अस्ट्रियन सेनाको १८० जनाको डफ्फाले उनको स्वागत गर्नेछ भने ततपश्चात अस्ट्रियन चान्सलर तथा भाइस चान्सलरसँग वार्ता गर्ने जनाइएको छ । उनी स्थानीय समयअनुसार मध्यान्न करिव १ बजे अस्ट्रियाको राजधानीमा अवस्थित भियना अन्तरर्राष्ट्रिय विमानस्थल उत्रिने छन् भने उनी मंगलबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


Photo: APA/ BUNDESKANZLERAMT/DRAGAN TATIC