‘भनौँ कि नभनौंँ’को दोस्रो संस्करण

‘भनौँ कि नभनौंँ’को दोस्रो संस्करण


साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को पछिल्लो निबन्ध संग्रह ‘भनौँ कि नभनौँ’को दोस्रो संस्करण प्रकाशित भएको छ । यसअघि ०७३ सालमा तन्नेरी प्रकाशनले प्रकाशनमा ल्याएको यस कृतिको दोस्रो संस्करण भने डिकुरा पब्लिकेशनले ल्याएको हो ।

यस संग्रह भनौँ कि नभनौँमा कुल २१ वटा निबन्ध सङ्ग्रहित छ । यसपूर्व साहित्यकार रोदनका ४ निबन्ध, २ नियात्रा, २ लघुकथा, २ कविता र १ स्रष्टा भेटवार्ता सङ्ग्रह प्रकाशित भइसकेको छ ।
साहित्यकार रोदनको यो निबन्ध संग्रह बौद्धिक र प्रभावशाली भएकोले यसको दोस्रो संस्करण प्रकाशित गरेको डिकुरा पब्लिकेशनका प्रमुख तथा साहित्यकार पुण्यप्रसाद प्रसाई बताउँछन् ।