तास खेल्नेलाई मानसिक समस्या कम !?

तास खेल्नेलाई मानसिक समस्या कम !?


तास खेल्ने, पढ्ने जस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको सिन्ह्वाले जनाएको छ । वौद्धिक कामसम्बन्धी गतिविधि, जस्तै : किताव वा पत्रपत्रिका पढ्ने, तास खेल्ने, आदि काम गर्नेहरुमाथि अध्ययन केन्द्रित थियो ।

त्यो अध्ययनबाट यो निश्कर्ष निकालिएको थियो कि बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने सम्भावना न्युन हुने देखिएको छ ।


तस्बिर गुगल