रणवीरले लिए २५ करोड पारिश्रमिक

रणवीरले लिए २५ करोड पारिश्रमिक


रणवीर कपुरले एउटा फिल्ममा अभिनय गरेबापत २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । उनले लिएको यो पारिश्रमिक अहिलेसम्मकै उच्च भएको बताइन्छ ।

सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’मा रणवीर कपुरको लुक्स, अभिनय र संवादलाई लिएर उनको प्रशंसा भइरहेको छ ।

‘सञ्जु’लाई रणवीर कपुरले जीवनकै टर्निङ प्वाइन्टका रूपमा लिएको बताइन्छ । यस फिल्ममा रणवीर कपुरले सञ्जय दत्तजस्तो देखिन कडा मिहिनेत गरेका छन् ।

रणवीरबाहेक राजकुमार हिरानीले बाँकी कलाकारलाई पनि उस्तै देखाउन कुनै पूयास गरेका छन् । फिल्ममा रणवीरसहित मनीषा कोइराला, सोनम कपुर, परेश रावल, दिया मिर्जा, अनुष्का शर्मालगायतका कलाकार रहेका छन् ।