डेढ लाख गाई नष्ट गर्दै न्युजिल्याण्ड

डेढ लाख गाई नष्ट गर्दै न्युजिल्याण्ड


डेयरी फार्मिङलाई आफ्नो अर्थ व्यवस्थाको अहम् हिस्सा बनाउँदै आएको मुलुकको रूपमा चिनिन्छ न्युजिल्याण्ड । यसरी दुधालु गाईको भरमा देशकै आर्थिक अवस्था समृद्ध तुल्याइरहेको उक्त मुलुकमा तत्काल करिव डेढ लाख गाई मारिँदैछ । लगभग ६२ करोड डलर आर्थिक भार पर्ने गरी यस्तो अप्रिय कदम किन उठाउँदैछ त त्यहाँको सरकार ? जिज्ञासा जाग्नु स्वभाविक छ । त्यति धेरै सङ्ख्यामा गाई मार्ने रहर त पक्कै थिएन न्युजिल्याण्डको सरकारलाई, तर मायकोप्लाज्मा बोविस नामक ब्याक्टेरियाजन्य रोग फैलिएको र त्यसले महामारीकै रूप लिने सम्भावना बढेपछि डेढ लाख गाईको हत्या गर्ने निचोड निकालिएको हो । यस रोगको सङ्क्रमणमा परेका गाइको दुधका थुन सुन्निने र त्यसपछि निमोनियालगायतका रोगले घेर्ने गर्छ । यो रोग छिटो सर्ने प्रकृतिको हुनाले तत्काल डेढ लाख गाई मार्नुपर्ने अवस्था निम्तिएको सरकारी भनाई छ । रोचक के छ भने न्युजिल्याण्डमा गाईको सङ्ख्या एक करोड जति छ, जबकि त्यहाँको जनसङ्ख्या करिव पचास लाख मात्रै छ ।