सुनकेसरी अष्ट्रेलिया आउने

सुनकेसरी अष्ट्रेलिया आउने


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपालको प्रदर्शनबाट राम्रो प्रशंसा कमाएको चलचित्र सुनकेसरी अब अष्ट्रेलियामा रहेका नेपालीहरू माझ आउने भएको छ । नयाँ सोच, विषयबस्तु र शैली बोकेर आएको चलचित्र सुनकेसरीलाई अर्पण थापाले निर्देशन गरेका हुन् ।

यो चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियाका विभिन्न स्थानमा गरिएको थियो ।चलचित्रलाई ऋचा शर्मा, भिम न्यौपाने र शर्मिला सापकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन् भने मनोज अधिकारीले कार्यकारी निर्माताको जिम्मेवारी निर्वाह गरेका छन् ।

नेपालको प्रदर्शनमा करोड क्लबमा प्रवेश गरेको यो चलचित्रमार्फत कलाकारको रूपमा सन्नी ढकालको प्रवेश भएको छ । सन्नीले यस चलचित्रमा गरेका कामको सबैले तारिफ गरेका छन् ।

नेपालमा मन पराइएपछि सुनकेसरीलाई अष्ट्रेलिया ल्याउन लागेको र विशेष शोको तयारी गरिएको चलचित्रका कार्यकारी निर्माता अधिकारीले बताए । उनका अनुसार चलचित्र सुनकेसरीको सिड्नीमा १६ र १७ जुनमा प्रदर्शन हुनेछ भने मेलबर्नमा जुन २५ र २८ का दिन शो गरिने कार्यक्रम रहेको छ ।

चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, धर्मराज अधिकारी, तमन्ना शर्मा ,प्रेरणा थापा, धर्मराज अधिकारी र अष्ट्रेलियन कलाकार लेरेनको अभिनय रहेको छ । सिड्नीको इभेन्ट सिनेमाको भि म्याक्स ठूलो पर्दामा यो चलचित्रको विशेष प्रर्दशनी हुने छ ।