श्रम र स्वाभिमानको शहरमा मगन्ते-विडम्बना !

श्रम र स्वाभिमानको शहरमा मगन्ते-विडम्बना !


नेपालीहरु कमलो मनका हुन्छन् । अरुको दुःखमा साथ दिने नेपालीको संस्कार नै हो । कसैको दुःख देख्न नसकी भावनामा पग्लिएर नेपालीमन सहयोगको हात बढाइहाल्छ । तर, यस्तो कोमल र सहयोगीपनको दुरुपयोग गर्दै दोहन गर्ने र कमाइधमाइको माध्यम तुल्याउनेहरुको पनि कमी छैन राजधानी शहर काठमाडौंमा । ठमेल, न्युरोड, वसन्तपुर, बसपार्क एवम् विभिन्न मठमन्दिरमा कृत्रिम बिजोगपन दर्शाउँदै, ससाना बालबच्चालाई घाममा सुताएर भीक माग्दै गरेका ‘अनुहार’हरु प्रशस्त देखिन्छन् । काम गर्न सक्ने उमेर र शरीर भएर पनि भीक मागेर गुजारा गर्ने परालम्बी मानसिकता भएका त्यस्ता अनुहारमा धेरैजसो महिला नै हुन्छन् । पत्नी र बालबच्चालाई सडकपेटीमा भीक माग्न लगाएर अलिक पर बसेर निगरानी गरिरहेको हुन्छ हट्टाकट्टा पुरुष ।

अचम्म त के छ भने, गह्रौँ प्रकृतिका काम गर्न सक्ने उमेरका विदेशी अनुहारहरु त्यसरी भीक माग्न बसेकै वरपर अत्यन्त वृद्ध उमेरका आमाहरु स्वाभिमान दर्शाइरहेका हुन्छन् । नांग्लोमा विभिन्न खुद्रामुद्रा सामान राखी पैदलयात्रीहरुलाई सेवा प्रदान गर्दै आफ्नो खर्च जुटाउने ती नेपाली आमाहरु मिहेनत र स्वावलम्बनका प्रतीक बनिरहेका हुन्छन् । हेरौँ यो विरोधाभासपूर्ण यथार्थ- तस्बिरमा ।

(शब्द र चित्र : प्रवीण श्रेष्ठ)