मंगलबजारमा आगलागी

मंगलबजारमा आगलागी


ललितपुरको मंगलबजारस्थित भीमसेनस्थाननजिकैको एक घरमा आगलागी भएको छ । शुक्रबार बिहान स्थानीय नरहरिप्रसाद लाखेको घरमा आगलागी भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका दमकलसहित पानीट्यांकरको सहयोगमा स्थानीय र प्रहरीले बिहान १० बजे आगो नियन्त्रणमा लिएका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरले दिएको जानकारीअनुसार मान्छे नबस्ने तीनतले सो घरमा विद्युत सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।